साप्ताहिक संवाददाता
भाद्र ८, २०७२
अमेरिकाको ओहायोमा वार्षिक रूपमा आयोजना हुने जुम्ल्याहा, तिम्ल्याहा र चौम्ल्याहा भेलालाई विश्वकै सर्वाधिक ठूलो मानिन्छ । सन् १९७५ देखि वार्षिक रूपमा आयोजना हुँदै आएको यो भेलामा यसपटक २ हजार जुम्ल्याहाले सहभागिता जनाएका थिए ।
जुम्ल्याहा भेलामा वार्षिक रूपमा सहभागी हुँदा धेरै जुम्ल्याहाको भावना थाहा पाइने हुँदा यो जम्बुरी घर जस्तै लाग्ने सहभागीहरूले बताएका छन् ।