छोरा वा छोरी जे भए पनि हुन्छ, किनभने बाबु–आमालाई आफ्नो सन्तानको माया बराबर लाग्छ ।
नाजिर हुसैन, रंगकर्मी/अभिनेता
कुनै पनि रोज्दिनँ । भावीले मेरो भाग्यमा जे लेखेको छ, त्यही पाउने हो र म त्यसैलाई खुसी साथ स्वीकार गर्छु । मेरा लागि छोरा–छोरी एकसमान ।
दिया मास्के, अभिनेत्री/रंगकर्मी
छोरा वा छोरी जे भए पनि बुढेसकालमा लात नहानून्, त्यति हो ।
शान बस्नेत, चलचित्र लेखक
छोरी, त्यो पनि मजस्तै । छोरीलाई मजस्तै फेसनेबल बनाउने र आफू पनि फिट हुँदै छोरीको हात समातेर साथीजस्तै सँगै हिँड्ने रहर छ ।
प्रियंका कार्की, नायिका
म त छोरी रोज्छु । सृष्टिकर्ता नै घरमा आएपछि अरू के चाहियो र ?
अनुराग कुँवर, अभिनेता
आमा पनि छोरी, श्रीमती पनि छोरी, दिदी–बहिनी पनि छोरी, घरव्यवहार मिलाउनेदेखि बाबुआमाको मर्म बुझ्ने पनि छोरी, त्यसैले मैले सहनशील मानिएकी छोरी कै चाहना राखेकी छु ।
रेजिना उप्रेती, नायिका
मलाई त छोरा नै चाहिन्छ, किनभने मेरो घरमा छोरा छैनन् । मेरा दुई बहिनीमध्ये कान्छी आयुष्मालाई मैले हुर्काएँ, अब छोरा हुर्काउने इच्छा छ ।
अशिष्मा नकर्मी, नायिका
हैट, कस्तो गाह्रो प्रश्न ? उत्तर दिनै आएन । मेरो विचारमा छोरा–छोरी जे पनि भए पनि बाबु–आमाका लागि बराबरी ।
बुद्धि तामाङ ‘हनुमाने’, अभिनेता
मैले छोरा र छोरीमा फरक देखेको छैन, त्यही भएर छोरा होस् कि छोरी राम्रो संस्कार दिन सकियोस्, त्यति भए पुग्छ ।
नम्रता सापकोटा, नायिका
बुहारी ल्याएपछि छोरा बुहारी र ससुरालीको हुन्छ । बरु छोरी ज्वाइँसँग गए पनि उनी बाबुआमाकै हुन्छिन् । त्यसैले म छोरी नै रोज्छु ।
शशि रावल, गायिका
छोरा हुन् वा छोरी, जे भए पनि ईश्वरका वरदान हुन् । पहिले–पहिले पो छोरा नै हुनुपर्छ भन्ने मानसिकता थियो । अब पनि त्यही कुरा समातेर बस्ने ?
वसन्त निरौला, निर्देशक
छोरी भए म धेरै खुसी हुनेछु । छोरी हुन् र उनलाई असल शिक्षा दिन पाइयोस् । आमा शिक्षित भइन् भने परिवार नै शिक्षित हुन्छ ।
सुरजनी केसी, नायिका
छोरा बुहारीको, छोरी ज्वाइँकी, तर म त छोरी नै रोज्छु किनभने ठूली भएपछि पाल्नु पर्दैन, ज्वाइँले पाल्छन् ।
मिलन चाम्स, निर्देशक
मेरा लागि त छोरी नै स्पेसल । कसैकी छोरी अर्थात् मेरी आमाले मलाई जन्म नदिएको भए म यो धर्तीमा हुन्नथेँ । त्यसैले म भन्छु— एक मात्र सन्तान, ईश्वरको वरदान । त्यो पनि एकमात्र छोरी, खुसी जीवनभरि ।
विजय आवाज, सञ्चारकर्मी
पहिले मेरो सन्तान जन्माउने आमा त खोज्न दिनुहोस्, अनि भनौंला छोरी रोज्ने कि छोरा ?
गौरव पहारी, नायक