साप्ताहिक संवाददाता
भाद्र ९, २०७२
भुकम्पको कारण दशरथ रंगशालामा ठुलो प्रतियोगिता आयोजना गर्न नभएपछि सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा अहिले १९ बर्ष मुनिको साफ च्याम्पियनशिप प्रतियोगिता आयोजना भैरहेको छ ।
नेपालकै लोकप्रिय खेलको रुपमा रहेको फुटबल दशरथ रंगशालामा हेर्न नपाएपछि दर्शक सातदोवाटोमा रहेको रहेको ग्राउण्ड वरिपरी झुम्मिएका छन् । दर्शकको चाप अनुसार प्याराफिट नभएका कारण निकै कष्टका साथ दर्शकले नेपालको खेलहरु हेरिरहेका छन् ।
गत सोमवार नेपाल र बंगलादेशविच भएको लीग चरणको अन्तिम खेल हेर्न नेपाली समर्थक सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा पुगेका थिए । उक्त खेलमा नेपालका युवा खेलाडीहरुले बंगलादेशलाई एक गोलकाबिरुद्ध दुई गोलले पराजित गरेर सेमिफाइनलको स्थान सुरक्षित गरेका थिए । नेपाली युवा खेलाडीहरुले अफगानिस्तानबिरुद्ध सेमिफाइनलको खेल खेल्नेछन् ।