तीज गीत निकाल्ने की ननीकाल्ने भन्ने अन्यौलताकाबिच यो वर्ष पनि सयाौको संख्यामा तीज गीत दर्शक श्रोतामाझ आएका छन् ।
बैशाख १२ को विनाशकारी भुकम्प र त्यसपछाडि आएका पराकम्पनका कारण तीज गीत ननिकाल्ने निष्कर्षमा धेरै कलाकार पुगेको भएपनि यतिबेला भने तीज गीत निस्कने क्रम बढेको छ । यस्ले नेपालीहरु महिलाहरुको महान् चाड तीज आउन केहि दिन बााकी रहदै गर्दा तीजको चहलपहल उत्कर्षमा पुगेको आभाष गराएको छ । रेडियो, टेलिभिजन, इन्टरनेट मा तीज गीतको चर्चा छ । विगतका वर्षहरुमा तीज आउन झण्डै तिन महिना अघिबाटै तीजका गीत बजारमा आउन थाल्ने गरेपनि यो वर्ष केहि ढिला शुरु भयो । तीजको अवसरमा एल्बम निकालेर कति कलाकारलाई आम्दानी गर्ने धुनमा छन् । कतिले रहरले गीत निकालेका छन् । चर्चामा आउने उद्धेश्यले गीत निकाल्नेहरु पनि बाक्लै छन् । त्यतीमात्र हैन कोहीले निरन्तरता दिनमा गीत निकाल्दैछन् भने कोहीले कार्यक्रममा भागलिन । यिनै इच्छा र चाहनाकाबिच बजारले थेग्नै नसक्ने गरी तीज गीतको बाढी नेपाली साागीतिक क्षेत्रमा एकैचोटि आएको छ । एल्बम विक्रि ठप्प भई पिडित भएका गायक गायीकाले तीजको गीत चर्चीत हुन्छ अनि कार्यक्रममा सहभागी भई आम्दानी गर्न सकिन्छ की भन्ने आशामा एल्बम निकालेका हुन् । तर छोटो समय बााकी रहदाा सर्यौाको संख्यामा गीत आउादा सबै गीतको लगानी उठ्ने सम्भावना लगभग न्युन छ । एल्बम विक्रि, भिसिडि, सिआरबिटि र पिआरबिटि को माध्यमबाट आम्दानी गर्ने सोच बराबारले गरेपनि किनेर गीत सुन्ने चलन नहुादा समस्या परेको स्वमं कलाकार गुनासो गर्छन् । हुनत कतिपय गीत टेलिभिजनका प्रोमो मात्र सिमित छन् ।
यसपालीको तीजलाइ केन्द्रित गरेर टिका पुन र किरण पुनको ‘डेटिङमा जाउा हामी’, प्रकाश कटुवाल र श्रीदेवी देवकोटाको ‘ढााडे विरालो’, सरस्वती लामिछाने र कृष्ण अखेलीको ‘आउने जाने बसैको भाडा तिरौला’, गीता श्रीको ‘लौ आयो तीजको लहर’, योजना पुरीको ‘ए शिव जी’, मञ्जु पौडेल र सन्तु थापाको ‘मुखैलै ठिक्क बनायौ’, शोभा त्रिपाठीको ‘मैले नाच देखाउला’, सरु गुरुङको ‘झुम्का हरायो’, कृष्ण रेउले र सिनम अधिकारीको ‘साईमा राजै’, रत्न वानिया र राधिका हमालको ‘भन्देउन संगी हो’, गायत्री थापाको ‘माइती घरको झल्को’, राजेन्द्र कडोल र शिलु भट्टराइको ‘भाच्न कम्मर भाच’, पशुपती शर्माको ‘पशुपतीको पानीपुरी पसल’, सम्झना लामिछाने मगरको ‘को नाचेर थाक्नी’, रेखा शाहको ‘ब्रत बासे तीजकैदिनमा’, चन्द्रा अर्याल र भागीरथ चलाउनेको ‘मेरो रुपैले’,अमित विश्वकर्माको ‘पैसा पठाउादिन’,खुमन अधिकारी र उमा श्रेष्ठको ‘सीतारा टलल’, केन्द्र कुावरको ‘राम्री भएर के हुदो रहिछ’, सुनीता दुलालको ‘इच्छा पुर्याइदेउ’,लक्ष्मी ढकालको ‘गर्छु सवको भलाई’,बैकुण्ठ महतको ‘घाटाको कारोबार’, दिपु मगरको ‘नाच्नु आमा नाच्नु’, कोमल ओलीको ‘पानी नखाई बस्नै पर्दैन’ लोक घले र रमा राना मगरको ‘म त हिरो हुा’,सावित्री जोशीको ‘उडि आयो रानी चरी’ र ‘नाच्नै पालो दिन्न’, बोलका गीत आएका छन् ।
यसैगरी देविका केसीको ‘विन्ति गर्छु’, रेशम सापकोटा, राधिका हमाल र जुना श्रीसको ‘हाकिम मेरो पोइ’, रमिला न्यौपाने र खुमन अधिकारीको ‘यसपाली तीजमा चिटिक्क पार्नु छ’, सपना शाहि र प्रेमविवस घर्तीको ‘बजाईदेऊ ताली’, माया गुरुङ र राजन कार्कीको ‘मेरो मायालाइ मेरै बनाए’, कृष्ण सुवेदीको ‘मेरी बुढीको चुरीफुरी निकै’, केशव घिमिरेको तीज गीत ‘एक नम्बर’ र ‘गुनियो चोली’, सुरेन्ऽ गुरुङ र सिता केसीको ‘मायाले तिरीमिरी झ्याई पार्यो’, हरिदेवी कोइरालको ‘सानो होर भूईाचालो’ र ‘देउरानी र जेठानी’, प्रजापति पराजुलीको ‘वेदनाको पोको भाग–११’, पशुपती शर्मा र चन्द्रा कार्कीको ‘सलल राम्चेको पहिरो’, अम्बिका भण्डारीको ‘खुशी राख्छौ बाबा तिमिलाइ’,राजेन्द्र काडेल र देवि घर्तीको ‘बाचा गरे लौ’, दिनेश पाण्डे र राधिका हमालको ‘फेसबुकको पासवर्ड’, पशुपति शर्मा र शान्ती श्री परियार ‘सातो फुक झाक्रि बा’, गोपाल नेपाल र पुर्णकला वि.सी.को ‘बाह्र बजे राती’, दुर्गा काडेल र टिका क्षेत्रीको ‘तीजको बेलामा’, गोपाल नेपाल र देवि घर्तीको ‘सुनको जलप’, हस्त के.सी. र रेनु के.सी.को ‘आयो सेल्फीको जमाना’, पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको ‘मेरी बुढीको फेसन’, सपना गाहा र पशुपती शर्माको मैले धेरै बोले, नवराज पाण्डे र विन्दु पाण्डेको ‘भैसी साटेझै’, बसन्ती सुनार र एमटि मगरको ‘सोलमारीमा जाने हो’, लक्ष्मी पौडेलको ‘परदेशी चेलीको’, कला लम्साल र तेजस रेग्मीको ‘दहि जमाउने ठेकी’, राम भण्डारी र राधिका हमालको ‘भइयो सुख्खाराम’, प्रकाश पौडेलको ‘एट मच’, अमृत बरालको ‘सम्झी हौली दिदि’, बालचन्द्र बराल र शान्ता रोकामगरको ‘लायो भुडिा पुट्ट’ लगायतका गीत यसपालीको तीजमा बजारमा आएका छन् । यसैगरी सरिता प्रजापतिको आई लभ यु भन्छु काले माइन्ड नगर भन्ने बोलको गित पनि बजारमा आएको छ । यसरी यो वर्षमात्र तीजलाई केन्द्रित गरेर सयौा गीत बजारमा आइसकेका छन् भने यो क्रम अझै रोकीएको छैन ।
यसरी तीजका गीतको ओइरो लागेपनि तीजको महत्व बुझाउने र संस्कृतीको रक्षा गर्ने खालका गीत भने विरलै मात्रामा आएका छन् । तीजका गीतले विसंगती भित्रियो भनेर आलोचना हुन थालेको छ । बजारमा आएका अधिकांश एल्बमका गीतले तीजको मौलीकतालाई समेट्न नसकेको गुनासो आम संगीतप्रेमी गर्छन् ।
तर एकैचोटी यसरी गीतहरु बजारमा आएपछि श्रोता भने दोधारमा परेका छन् । गीतमा नेपालको मौलीक संस्कृती अनि तिज पर्वको महत्व झल्काउने भन्दापनि माया प्रेम अनि उरन्ठेउला विषयवस्तुमा बढी केन्द्रित भएकोले समेत दर्शक श्रोताले एल्बम किनेर सुन्न खोजेका छैनन् । गीत बजारमा आएसागै सबै कलाकार आफ्नो गीतको प्रमोशन गर्न होडबाजी गर्देछन् । त्यस्को लागि केहि नौलो प्रयोग गर्न उनीहरुले खोजेका छन् ।
लोक गायीका एवंम प्राज्ञ हरीदेवी कोइरालाले अहिले आएका गीत तीजका गीत नै नभएको बताउाछिन् । ‘विषयवस्तुका हिसाबले, भेषभुषा, शैली, तीजको विशेषता भित्र अहिले आएका गीत समेटीएको छैनन्’ उनको भनाई छ । ‘वर्षभरीमा घटेका घटनालाई समयसापेक्ष गीतमा ढालेर गाउनुपर्नेमा त्यस्तो हुन सकेको छैन’ उनको दुखेसो छ । गीतले परिवेश माग्छ तर भिडियोमा पाइदैन भन्दै उनले भिडियो स्वभावीक नभई कृतिम हुने गरेको बताइन् ।
यता लोकदोहोरी गीत प्रतिष्ठान नेपालका संरक्षक एवंम गायक प्रजापती पराजुली पनि हाल आएका गीत प्रति सन्तुष्ट छैनन् । २०४३ सालमा पोखरामा तीज गीत प्रतियोगीता राखी तीज गीत गाउन शुरु गरेको बताउने उनी तीजका गीतमा मौलीकता हराउदै गएकोमा सबैलाई चिन्ता परेको बताउाछन् । उनी भन्छन् ‘पहिलाको गीत र अहीलेको गीत नुन र सुनको जस्तै फरक छ । पहिला–पहिला मिडिया नभएकाले मिडियाको काम पनि तीज गीतले गर्ने गरेका थिए’ ।
तीजको अवसर पारेर नेपालका अधिकांश ठाउामा विभिन्न संघ–संस्थाले सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै छन् । स्वदेश र विदेशमा हुने यस्ता कार्यक्रममा सहभागीता जनाउन केही कलाकारलाई भने भ्याईनभ्याई छ । विगतको तुलनामा एल्बम बजारमा ल्याउदााको लगानी बढेपनि प्रतिफल भने शुन्य रहेको छ । हाल एक गीतका रेकडिङ्ग देखि म्युजिक भिडियो गरेर न्युनतम एक लाख देखि अधिकतम् चार लाख सम्म खर्च हुने गरेपनि विक्रि भने शुन्य रहेको छ ।