साप्ताहिक संवाददाता
दुई उपन्यासका श्रृंखलाबाट युवा पाठकको हृदयमा बस्न सफल लेखक सुविन भट्टराई उनको चर्चित उपन्यास ‘समर लभ’ र ‘साया’मा वर्णन गरिएको सहर ओस्लो पहिलो पटक पुगेका छन् ।
नर्वेको राजधानी ओस्लोको वर्णन आफु नपुगे पनि उनले ‘समर लभ’मा यसरी गरेका छन् कि पाठकलाई लाग्थ्यो, सुविन ओस्लो पुगिसकेका छन् । जबकी सुविन कहिल्यै ओस्लो पुगेका थिएनन् ।
यसपटक उनी एक कार्यक्रमको सिलसिलामा डेनमार्क हुँदै ओस्लो पुगे । उपन्यास ‘समर लभ’की पात्र साया प्रेमी अतितसंग बिरक्तिएर ऊसंग टाढिनका लागि उच्च अध्ययनको बहानामा ओस्लो पुगेको वर्णन गरिएको छ । चलचित्र ‘नाइँ नभन्नु ल’का लेखक तथा निर्देशक विकास आचार्य ‘समर लभ’ उपन्यासमाथि चलचित्र निर्देशन गर्दैछन् । निर्देशक आचार्य अध्ययनका क्रममा विगतमा ओस्लो पुगिसकेकाले उनले उक्त चलचित्रको छायांकन त्यतैगर्ने तयारी पनि गरिरहेका छन् ।
पहिलो पटक ओस्लो पुगेपछि सुबिनले त्यहाँका केही तस्वीरहरु फेसबुकमा अपलोड गर्दै स्ट्याटस लेखे ‘पहिला कथा लेखियो । पछि ठाउँ देखियो । पहिल्यै नै देखेको भए अझ गज्जब लेखिन्थ्यो कि ।’