किचलो नै किचलो मात्र भैरहेको नेपालमा साप्ताहिकले गाई र गोरुको किचलो निकालेछ । अब यही किचलोमा नेपाल बन्द होला है, विचार गरौं ।
प्रमोद खरेल, गायक
खोइ किन होला कुन्नी ? कतै जनावरमा भालेभन्दा पोथी पावरफुल पो छन् कि ?
नम्रता श्रेष्ठ, नायिका
गाईलाई धनकी देवी लक्ष्मी मानेर पूजा गरिन्छ, त्यसैले गाईको पूजा मात्र नगरेर जात्रा पनि मनाइएको होला । गोरु बिचरा महादेवको बाहन पनि परेन, त्यो अवसर पनि साँढेले खोस्यो । धन्य होस्, गोरुको पूजा त गरिन्छ ।
नरेन्द्र कंशाकार, हास्यकलाकार
गाईले दूध पनि दिन्छे र पाडो पनि पाइदिन्छे, त्यसैले गाईलाई बढी अवसर दिइएको हो कि ?
जित राघव, अभिनेता
नारी अधिकारका पक्षधरले त्यसो गरेका होलान् ।
ध्रुव दत्त, नायक
नारीको सम्मान गर्छु भनेर भाषण गर्ने, तर सधैं जात्रा बनाउने पुरुषप्रधान समाजमा गोरु जात्राको पालो पनि कुनै दिन आउला नि ।
राजेन्द्र सलभ, कवि/गीतकार
यसै पनि गोरुहरू मात्तिएका हुन्छन् । अझ् जात्रा पनि मनाइन थालियो भने त भुइँ न भाँडाका हुन्छन् ।
गजित विष्ट, नायक
साप्ताहिकले यो के किचलो झिकिरहेको ? गोरुहरूले चाल पाएर फेरि नेपाल बन्द गर्लान नि ।
निष्मा घिमिरे, नायिका
गोरुको पूजा मात्रै गर्छन त ? गोरु चुटे जस्तो चुट्छन्, अनि गाली पनि त गर्छन ।
मृदुला खनाल, समाचारवाचिका
पुरुषवादी समाजमा कहीं त नारी पनि अगाडि हुनु पर्यो नि । जात्रा र पूजामा गाईले त्यसैको प्रतिनिधित्व गरेकी छिन् । गाई जिन्दावाद ।
नीलु डोमा शेर्पा, निर्देशक
गाईले त दुध दिन्छ । त्यसैले पूजा गर्ने र जात्रा पनि मनाउने । केही नदिने गोरुलाई त जोत्ने हो, कहाँ जात्रा मनाइरहने ?
आस्था राउत, गायिका
यो चाहिँ भेदभाव भयो । साँच्चै, गोरुमाथि अन्याय भएको रहेछ । अबको संविधानमा यो कुरालाई समावेश गरियोस् भन्ने मेरो माग छ । नत्र गोरुहरूले चक्का जाम गर्लान् ।
भोलाराज सापकोटा, रंगकर्मी
धन्य होस्, गोरुको त पुजा गरिन्छ । भोले महादेवको बाहन साँढेको त न पूजा हुन्छ, न जात्रा । डामेर पो छाड्छन् विचरालाई । अन्याय साँढेलाई पो भएको छ ।
नरेन खड्का, नायक
देशलाई मातृभूमि भनिन्छ । पितृभूमि भनिँदैन, त्यसैले ।
मिलन लामा, लोकगायक
यो सरासर लैंगिक भेदभाव हो । गोरुलाई पनि ३३ प्रतिशत अधिकार दिइयोस् ।
चेतन सापकोटा, संगीतकार
लौ, तपार्इँलाई थाहा छैन ? बर्सेनि गोरुको पनि जात्रा हुन्छ नि, नुवाकोटमा । त्यसैले यो प्रश्न नै गलत छ ।
ऋचा शर्मा, नायिका
मानिसहरू पनि अरूलाई गाली गर्दा ‘गोरु’ भन्दैनन् । माया गर्दा गाईझैं सोझो भन्छन् । गाईलाई माता भनिन्छ, तर गोरुलाई कहिल्यै पिता भनिदैन । त्यही भएर गोरु विरक्तिएर साँढे बनेर हिँडेको पाइन्छ, तर गाई विरक्तिएर ‘साँढेनी’ भएको आजसम्म भेटिएको छैन । त्यसैले यो प्रश्नको उत्तर प्राप्त गर्न महादेव र गाईको प्रतिच्छायाँ लक्ष्मी मातासँग वार्ता गर्नुपर्छ ।
दिनेश डिसी, निर्देशक
गाई हमारी माता है, हमको कुछ नहीं आता है ।
गोरु हमारा बाप है, उसका जात्रा मनाना पाप है ।
गोपाल ढकाल ‘छन्दे’, हास्यकलाकार
पहिलो कुरा त गाई राष्ट्रिय जनावर, दोस्रो कुरा गाईको पूजा र जात्रा दुवै गर्दा लक्ष्मीमाता खुसी हुने भएकाले पो हो कि ? आखिर सबैलाई धन नै चाहिएको छ ।
रविन श्रेष्ठ ‘रिफ’, रेस्टुराँ व्यवसायी
कस्तो अप्ठेरो प्रश्न ? यो प्रश्न गाई–गोरुहरूसँगै सोध्नुहोस् ।
कमल श्रेष्ठ, ग्ल्यामर फोटोग्राफर
उत्ताउली गाईको जात्रा मनाइन्छ, सोझीको पूजा गरिन्छ । गोरु त विचरा सधैं सोझो, त्यसैले त्यसको पूजा मात्र गरिन्छ, जात्रा मनाइँदैन ।
जीवन कलाप्रेमी, गायक
जात्रा देखाउने महिला अर्थात गाईले त हो नि, पुरुष अर्थात् गोरुले त जीवनभर आफूलाई जोतेर फुर्सद पाउने भए पो ।
आमेश भण्डारी, नायक
पितृसत्तात्मक सोच भएको समाजका कारण यहाँ नारीको जात्रा गरिन्छ, तर पुरुषको सधैं पूजा
प्रदीपकुमार उदय, चलचित्र निर्माता
गाई गोरुकी आमा हो, त्यसैले पूजा गरिन्छ र जात्रामा पनि सम्मान दिइन्छ । गोरु खेतमा जोतिन्छ । शिवको ‘प्राडो’ पनि भएकाले पूजा मात्र गरिएको हुनसक्छ ।
कौशल हमाल, चित्रकलाकार
ए हो है, विचरा गोरुलाई अन्याय पो परेको रहेछ । म गोरु अधिकारका लागि आयोग गठन गर्न जोडदार माग गर्छु ।
हेमन्त गौतम, टेलिभिजनकर्मी
गाई स्त्रीजाति भएकाले प्राथमिकतामा राखिएको हो कि ?
एत्ना कार्की, मोडल