भाद्र १४, २०७२
हलिउड अभिनेत्री नाओमी वाट्सले आफुलाई मेकअप गर्न नआउने बताएकि छिन् ।
फुर्सदको समयमा उनी मेकअप नगरी बस्छिन् । मेकअप नगरेको बारे जिज्ञासा राख्दा उनले आफुलाई मेकअप गर्न नआउने बताइन् । ‘सामान्य दिनचर्याको क्रममा म एकदमै कम मेकअप गर्छु’ एक म्यागेजिनसँगको अन्र्तवार्तामा नाओमीले बताइन्–‘खासमा भन्ने हो भनें मलाई मेकअप गर्न नै आउदैंन ।’ कामको क्रममा कहिले १०–१० घन्टा हेभी मेकअपमा बस्नुपर्ने उनको भनाई थियो । त्यसले पनि उनलाई मेकअपप्रति रुचि घटाएको थियो । पछिल्लो समयमा आफु नृत्य गर्ने मामिलामा पनि उत्तिकै कमजोर रहेको नाओमीको भनाई थियो ।