२०६५ सालदेखि सांगीतिक यात्रा सुरु गरेकि गायिका कला पंगेनीको ‘सादा जीवन उच्च विचार’ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
तुच्छ विचारको विरोधी भएको भन्दै अरुले जस्तो तडक भडक देखाउन नजान्ने भन्दै उनले सन्देशमुलक गीतलाई तीज गीत बनाइन् । खुमन अधिकारीका साथमा कलाले गाएको यो गीतलाई विन्दवासिनी म्युजिकले बजारमा ल्याएको हो ।
विगतका तीज गीत जस्तै मेरो यो गीतलाई पनि दर्शकस्रोताले सुनेर हेरेर पुर्ण मनोरन्जन लिनुहुनेछ भन्ने आशा राखेकि छु, कलाले भनिन्–‘सामाजिक संजालमा प्राप्त सकारात्मक प्रतिक्रियाले पनि म उत्साहित छु ।’
बोले हुन्न र नाम शिर्षकका गीत गाएर गायिका बनेकि उनले २०६७ सालदेखि तीज गीतको एल्बम गर्न थालेको बताइन् । पहिलो तीज गीतिसंग्रहमा लाहुरेको छोराले काले मोराले, युगौंदेखि हामी चेली, बालि लगाउन गरि ३ गीत समाविष्ट थिए । त्यसपछि कलाले स्लो प्याटर्नमा खुमन अधिकारीसँग ‘नदेखाउ है छायाँ तिमि अर्कैको हुनलाई’ दोहोरी गीत गाइन् । जसलाई दर्शकले अत्यधिक रुचाए । ‘मलाई सांगीतिक क्षेत्रमा स्थापित गराउने गीत बन्यो यो’ कलाले संझिइन्– त्यसपछि खुमनसँगकै सहकार्यमा २०६९ मा फेरी तीज गीत गाए, ‘जसले मेरो मायालाई खोजेर ल्याइदेला उसलाई पुरस्कार पच्चिस हजार’ शिर्षकको यो गीत त्यो वर्षको तीजमा अत्यधिक रुचाइयो ।’
उनले खुमनसँगै पुन फास्टबिटको जवानीको जोश गाइन् । गतवर्षको तीजमा ‘मगर भाषामा नमस्तेलाई झोर्ले’ शिर्षकको गीत कलाले गाइन् । तीज पछि मेरो मुटुको धड्कनै तिमी हौ, शिर्षकको गीत गायक पुरुषोत्तम ढुंगानाका साथमा उनले गाइन् । गतवर्ष तीजमा जापान, कतार र भारतका कार्यक्रममा सहभागी भएकि कला यो वर्ष पनि देश विदेशका कार्यक्रममा सहभागि हुने बताउछिन् । गीत गाएर नै ४० जिल्ला घुमिसकेकी कलाले यो वर्ष रोइला गीत म त पुरुष मान्छे र टिपिकल गीत गुन्द्री तानेर शिर्षकका गीतिसंग्रह गरेकी थिइन् । यि दुवै गीतिसंग्रहलाई दर्शक स्रोताले रुचाएको उनी बताउछिन् । कला भन्छिन्–‘गुन्द्रि तानेर युट्युबमा ६ लाख भ्युज छ ।’