भाद्र १५, २०७२
केही समयअघि मिस प्लस टु नेपाल–२०१५ मा उपाधि जितेकी आँचल दवाडी ‘नाइँ नभन्नु ल–४’ को मुख्य अभिनेत्रीमध्ये एक हुनेछिन् ।
मिस प्लस टू नेपालमा मिस पर्सनालिटीको एवार्ड समेत हात पारेकी आँचल हाल टेलिभिजन प्रस्तोताका रूपमा कार्यरत छिन् भने उनले यसअघि एसएलसी प्रिन्सेस–२०१३ मा फोर्थ रनर्सअपको उपाधि हात पारेकी थिइन् । ‘नाइँ नभन्नु ल–४’ का निर्माता एवं निर्देशक विकास आचार्यका अनुसार यो चलचित्रमा आँचलका अतिरिक्त म्युजिक भिडियो मोडलका रूपमा चर्चा कमाएका पल शाह र वर्षा राउत पनि मुख्य भूमिकाका देखा पर्नेछन् । नाइँ नभन्नु ल–४ मा प्रियंका कार्की, अनुभव रेग्मी र सरोज खनालको विशेष भूमिका रहनेछ । चितवन र काठमाडौंका विभिन्न स्थानमा छायांकन गरिने यो चलचित्र रोमान्टिक हुने बताइएको छ ।