भाद्र १५, २०७२
रामेछापमा बसेर संगीत सिर्जनामा लागेका महेश मुखिया सुनुवारले अहिलेसम्म २५ वटा जति गीत गाइसकेका छन् । आश थियो... भन्ने एल्बम प्रकाशित गरेर संगीतको क्षेत्रमा देखापरेका महेशले प्रोमिस नाम गरेको दोस्रो एल्बम हालै बजारमा निकालेका छन् ।
डा. कृष्णहरि बराल, हर्कराज गुरुङको रचना रहेको उक्त एल्बमका गीतहरुमा राजु सिंह, राम सिटौला, रमेश मेलोडीले संगीत दिएका छन् । उक्त एल्बमको एउटा गीतमा मिलन अमात्यको पनि स्वर रहेको छ । महेशको दोस्रो एल्वको एउटा गीत शनिले छोड्छ बरु... भन्ने हालै युट्युवमा राखिएको छ ।