साप्ताहिक संवाददाता
भारत र श्रीलंका बीच भएको टेस्ट श्रृंखलाको अन्तिम तथा निर्णायक टेस्टमा भारतले श्रीलंकालाई १ सय १७ रनले पराजित गर्दै तीन टेस्ट म्याचको श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेको छ ।
श्रीलंकाले जीतका लागि ३ सय ८५ रन बनाउने चुनौती पाएको थियो, तर खेलको पाँचौं दिन चियासत्र लगत्तै उसका सबै ब्याट्सम्यान २ सय ६८ रन बनाएर आउट भए ।
भारतको तर्फबाट आर आश्विनले चार तथा ईशान्त शर्माले तीन विकेट लिए । यो जीतसंगै भारतले २२ वर्षपछि श्रीलंकाको भूमिमा टेस्ट श्रृंखला जित्न सफल भएको छ ।
श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले आकर्षक शतकीय इनिङ खेले । जब म्याथ्युज तथा परेरा खेलिरहेका थिए, त्यसबेला म्याच बराबरीमा टुंगिने सम्भावना बढेको थियो, तर चियासत्रपछि दुबै ब्याट्सम्यान पेभेलियन फर्किए र म्याच भारतको पक्षमा आयो । म्याथ्युजले १ सय १० रन बनाउँदै हारलाई केही समय पछि धकेले ।
नाजुक परिस्थितीमा श्रीलंकाका कप्तान एन्जेलो म्याथ्युजले भारतीय बलिङ आक्रमणलाई आकर्षक शैलीमा सामना गर्दै शतक पुरा गरेका हुन् । म्याथ्युजले विकेटकिपर ब्याट्सम्यान कुशल परेरासंग मिलेर शतकीय साझेदारी निर्वाह गरे । परेराले अर्धशतक बनाउँदै आफ्नो टिमलाई सम्हाल्ने प्रयास गरे ।