साप्ताहिक संवाददाता
ज्योति मगर, गायिका
महिलाको स्तन नभए ?
त्यो त पानीबिनाको समुद्रजस्तै हो । आकर्षण नै हुँदैन, तर स्तन पनि आकर्षक हुनुपर्छ ।
अनि पुरुषको स्तन भयो भने के हुन्छ नि ?
खै के हुन्छ होला हौ ? त्यो त हुनै हुँदैन, नत्र खत्तम हुन्छ, हामीलाई कसले हेर्ने ?
चुम्बन गर्दा केश झर्ने रोग लाग्ने भए ?
केश नहुँदा पनि निशा अधिकारी र मनीषा कोइरालालाई राम्रै देखिएको छ, मचाहिँ बरु केश झरोस् तर चुम्बन गर्नचाहिँ छोड्दिनँ ।
मानिसले अन्डरवेयर किन लगाउँछ ?
पैसा धेरै भएर होला नि, खै राउटेहरूले नलाउँदा भएकै छ, हाम्रा बाउबाजेको पालामा पनि लगाउने चलन थिएन क्यारे ।
कुनै कार्यक्रममा तपाईंंको पहिरन अचानक फुस्कियो भने ?
त्यहाँ हुने पुरुष त औधी रमाउँथे, महिला दिदी बहिनीहरूले आँखा छोप्थे, मचाहिँ त्यहाँबाट कुलेलम ठोक्थे ।
तपाईंको टाउको जोडेको नग्न तस्विर सामाजिक संजालमा भाइरल भयो भने ?
त्यो तस्बिर आफ्नो नहुने भएकाले खासै फरक पर्दैन तर कुरो सिरियस पर्यो भने साइबर क्राइममा मुद्दा हालिन्छ ।
तीजको कार्यक्रममा नांगा शिवजी प्रकट भए भने ?
मानिसलाई नियम कानुन लागे पनि नग्न रूपमा प्रकट हुँदा शिवजीलाई कानुनले पक्रिन सक्दैनथ्यो, सबै ढोग्न तिर लाग्थे होलान् । गाइको दूध पाइँदैन, त्यसैले म प्याकेटको दूध चढाउँथे अनि तपाईंंको चाहिँ कसरी त्यति ठुलो भयो भनेर सोध्थे ।
अनमोल केसीले विवाह गर्छु भनेर जिद्दी गरे भने नि ?
ऊ हेन्डसम भए पनि बच्चै भएकाले बाबु अलि बच्चै छौ, डेडीलाई पठाइदेउ भन्थे ।
बाटोमा हिँड्दा–हिँड्दै कसैले म्वाइँ खायो भने ?
खानेमान्छे कस्तो छ भनेर हेर्थे, अनि किन म्वाइँ खा’को भनेर सोध्थे, केटो हेन्डसम रहेछ भने बराबरी गर्न म पनि म्वाइ खाइदिन्थे ।
नचिनेको मानिसले अचानक एक थप्पड हान्यो भने नि ?
सुरुमा रिसले आगो हुन्थे, अनि एक चड्कन फर्काएर सोध्थें— किन थप्पड हानेको ?
सन्नि लियोनलाई भेट्नुभयो भने के प्रश्न गर्नुहुन्थ्यो ?
मलाई उनी एकदम राम्री लाग्छिन्, यति राम्री मान्छे जन्माउने तिम्रा बुबा–आमा कस्तो हुनुहुन्छ भनेर उनीहरूको तस्बिर हेर्थें ।
लाठी चार्ज गर्न कुन चार्जर प्रयोग गरिन्छ ?
लामो गोर्खे लौरी चार्जर ।
पुरुषले मेकअप गर्न पाए के गर्लान् ?
केटीहरूजस्तै बन्ने प्रयास गर्थें तर सुहाउँदैनथ्यो ।