साप्ताहिक संवाददाता
इ.सं. २००७ मा प्रदर्शित सफल हास्यप्रधान चलचित्र ‘वेलकम’को सिक्वेलका रूपमा भोली शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘वेलकम ब्याक’मा यसपटक अक्षयकुमार र कैटरिना कैफमात्र दोहोरिएनन्, बाँकी सबै कलाकार तिनै छन् ।
पहिलो भागमा अन्डरवल्र्ड डनको भूमिकामा फिरोज खान पनि थिए । पछि खानको मृत्यु भयो । अहिले त्यस्तै भूमिकामा अर्का अभिनेता नसिरुद्धिन शाह देखिएका छन् ।
मुम्बईका दुई मुर्ख डन दाजुभाइकी बहिनीको ज्वाइँ खोज्ने अघिल्लो श्रृंखलाको कथालाई यसमा केही परिमार्जन गरिएको छ । उनीहरू डनगिरीको धन्दा बन्द गरेर व्यापारी भएका छन्, तर आनीबानी भने डनकै छ । यी दुईको जीवनमा दुई जना सुन्दरीको प्रवेश हुन्छ । अघिल्लो भागमा एउटी सुन्दरी मल्लिका शेरावतको पछि लागेर दुई दाजुभाइमा कलह उत्पन्न हुन्छ । यसपटक चाँदनीले उनीहरूबीच फाटो ल्याउँछिन् । उनीहरूले अर्की एउटी बहिनी पनि फेला पर्छिन् । ती दाजुभाइ उनको विवाहका लागि सही वरको खोजीमा लाग्छन् । जबकि बहिनी श्रुति हसनको मुम्बईका डन जोन अब्राहमसँग मायाप्रेम बसिसकेको हुन्छ । बहिनीको डनसँगको मायाप्रेम छुटाउन र असल वर खोजेर विवाह गरिदिन दाजुभाइले गर्ने हास्यास्पद क्रियाकलाप चलचित्रको मुख्य विषय हो ।
निर्देशक : अनिश बज्मी
कलाकार : नाना पाटेकर, अनिल कपुर, नसिरुद्धिन शाह, जोन अब्राहम, श्रुति हसन, डिम्पल कपाडिया, परेश रावल, सुप्रिया पाठक आदि ।
संगीतकार : अनु मलिक, मित ब्रदर्स, हनि सिंह, मिका सिंह, सिद्धान्त माधव तथा अभिषेक रे ।