साप्ताहिक संवाददाता
भाद्र १९, २०७२
श्रीलंकाली सरकारले गुगलसँग मिलेर देशभरि इन्टरनेट सेवा प्रदान गर्ने योजनाको घोषणा गरेको छ । गुगलले तार वा फाइबरबाट नभै बेलुनबाट इन्टरनेट सेवा प्रदान गर्ने भएको छ । यो इन्टरनेट सेवा एक विशाल हट एयर बेलुनमार्फत प्रदान गरिनेछ ।
धेरै समय अघिदेखि गुगलले यो प्रविधिमा काम गर्दै आएको थियो । अब भने श्रीलंकाली सरकारले गुगललाई उक्त बेलुन इन्टरनेटको परीक्षण पनि गर्न दिने भएको छ । कम्पनीले यो इन्टरनेट बेलुन सेवालाई ‘नाइटहक’ नाम दिएको छ र यी सबै बेलुन एकपल्टमा १ सय दिनसम्म आकाशमा रहनेछन् । कम्पनीले बेलुनद्वारा देशभरि हाई स्पिड इन्टरनेट सेवा प्रदान गर्न बेलुनका प्रोटोटाइपहरू बनाउँदै आएको छ । बेलुन आकाशमा रहे पनि त्यसको कनेक्सनहरू भने जमिनमा रहनेछन् । यसमा भएको एल टिई एन्टिनाले मोबाइलमा भएको नेटवर्क प्रयोग गरेर डाटाहरू आदान–प्रदान गर्छ ।