साप्ताहिक संवाददाता
विकास आचार्यको सिक्वेल चलचित्र ‘नाईं नभन्नु ल–४’ को छायांकन भोलि सोमबारदेखि प्रारम्भ हुने भएको छ ।
श्रीकृष्ण जन्माष्टमीको साइत पारेर हिजो शनिवार मैतीदेवी मन्दिरमा यो चलचित्रको शुभमुर्हत गरिएको छ । सांगीतिक प्रेम कथामा आधारित हुने बताइएको यो चलचित्रको निर्देशन विकास आचार्यले नै गर्नेछन् । पल शाह, बर्षा राउत र आँचल शर्माले अभिनेता तथा अभिनेत्रीको रुपमा डेब्यू गर्न लागेको यो चलचित्रमा अनुभव रेग्मी, सरोज खनाल, प्रियंका कार्की, शिशिर भण्डारी, मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) आदि कलाकारले पनि अभिनय गर्नेछन् ।
वसन्त सापकोटाको संगीत निर्देशनको यो चलचित्रमा पनि सांगीतिक पक्षलाई महत्व दिइएको छ । ‘नाईँ नभन्नु ल’ श्रृंखलाका अघिल्ला तीन चलचित्रको सांगीतकि पक्ष अत्यन्त प्रभावकारी रहेको थियो । सामिप्यराज तिमिल्सिना तथा निर्देशक आचार्यको लेखनको यो चलचित्रको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन् । काठमाडौं तथा चितवनमा छायांकन हुने यो चलचित्र नयाँ वर्ष २०७३ को पूर्व सन्ध्यामा चैत २६ गतेदेखि प्रदर्शन हुनेछ ।