साप्ताहिक संवाददाता
भाद्र २२, २०७२
अनुहार चम्काए राम्रो त देखिन्छ नै, सँगसँगै मन पनि सफा राखे सुनमा सुगन्ध थपिन्छ ।
०००
आफ्नो सोच र मनको दायरालाई जति फराकिलो बनायो, दु:ख र सुखलाई सन्तुलनमा राख्न त्यति नै सजिलो हुन्छ ।
सविता थापा
इरेजर, अरूको गल्ती मेट्दा–मेट्दै आफंै मेटिएर जान्छ, त्यसैले थोरै आफ्नो गल्ती मेट्ने प्रयास पनि गर ।
जंगी निशान
महँगो घर भएर के गर्नु ? निन्द्रा झुपडीमा पनि लाग्छ । त्यसैले सुखी जीवन बाँच्न खुसी मन चाहिन्छ ।
रामकृष्ण पौडेल अनयास
जीवनमा ठूलो चीज प्राप्त भयो भन्दैमा सानोलाई नभुलौं । किनभने जहाँ सियोको आवश्यकता हुन्छ त्यहाँ तरबारले काम दिँदैन ।
पुकार भण्डारी