भाद्र २२, २०७२
टेलिभिजन रियालिटी शोबाट ख्याति कमाएका कमेडियन एक्टर राजु श्रीवास्तव नयाँ लुक्समा देखा परेका छन् । अहिले उनका तस्बिर फिमेल नाइट सुटमा सार्वजनिक भएका छन् । अपकमिङ चलचित्र थ्री क्रेकर्सको छायांकनका क्रममा राजु महिला पहिरनमा देखिएका हुन् ।
प्रफुल्ल तिवारी निर्देशित उक्त चलचित्रमा राजु डनका रूपमा देखिनेछन् । कमेडियनका रूपमा आफ्नो छवि बलियो भएको अवस्थामा डनको भूमिकामा अभिनय गर्न धेरै गाह्रो भएको राजुले बताए । ‘म आफूलाई टाइपकास्ट आर्टिस्टमा सीमित राख्न चाहन्नथें,’ राजुले भनेका छन्– ‘परेश रावलझैं कमेडियन, हिरो, भिलेन सबै किसिमका भूमिकामा फिट देखिने कलाकार बन्न चाहन्थें ।’ राजुको भिलेन बन्ने सपना त यो चलचित्रले पूरा गरिदिएको छ, तर महिला पहिरनका साथमा उनी कस्तो किसिमको डन बनेका छन्, बुझ्न चलचित्र नै हेर्नुपर्नेछ ।