साप्ताहिक संवाददाता
भाद्र २२, २०७२
लोकप्रिय हास्यकलाकार हरिवंश आचार्यले फेरी अर्को गीत गाएका छन् । उनले यसपटक गाएको गीत उनका अघिल्ला हास्य गीतहरुभन्दा पनि देशको सम्झनामा गाइएको लोकभाकाको गीत छ । कलाकार हरिवंश आचार्यकै रचना, संगीत र स्वर रहेको ‘चुच्चे हिमालमा, म जहाँ गए नि मेरो मुटु नेपालमा’ बोलको गीतको संगीत संयोजन जीवित जल्मीले गरेका हुन् ।
गीतको म्युजिक भिडियो रेकर्डिङ स्टुडियो भित्र खिचिएको छ, जसमा हरिवंशकी श्रीमती रमिला आचार्य पनि देखिएकी छिन् । गौरीशंकर धुजुँले छायांकन गरेको म्युजिक भिडियोका निर्देशक प्रदिप भट्टराईले गरेका हुन भने सम्पादन गणेश कँडेलको छ ।
गीतको लिंक :