चलचित्र ‘किस्मत–२’ को शुभसाइत सम्पन्न भएको छ । कमलादी गणेस्थानमा चलचित्रको क्ल्यापबोर्ड तथा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो । चलचित्रका निर्माता छविराज ओझा, निर्देशक ऋषि लामिछाने सहितको समुहले चलचित्रका सामाग्रीहरु पूजा गरेका थिए ।
चलचित्रको सम्पूर्ण यूनिट छायांकनका लागि यही बिहिवार जोमसोमतर्फ प्रस्थान गर्ने निर्माता ओझाले बताएका छन् । सञ्चारकर्मी सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवादमा तयार हुने यो चलचित्रमा शिल्पा पोखरेल र किशोर खतिवडा मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । चलचित्रमा सन्तोष पन्त, सपना श्रेष्ठ, रस्मि भट्ट आदि कलाकराले पनि अभिनय गर्नेछन् । किरण खरेलको शब्द, अर्जुन पोखरेलको संगीत रहने यो चलचित्रका छायांकार मदन कास्यप घिमिरे हुन् । तीनजना नृत्य निर्देशकहरु कविराज गहतराज, रामजी लामिछाने तथा कमल राईले चलचित्रका गीतहरुको कोरियोग्राफी गर्नेछन् । चन्द्र पन्तले द्वन्द्व निर्देशन गर्ने यो चलचित्र नयाँ वर्ष २०७३ को पूर्व सन्ध्या पारेर चैत २६ गतेदेखि प्रदर्शन हुनेछ ।