भाद्र २३, २०७२
डेनमार्कको राजधानी कोपेनहेगनमा लेखक सुबिन भट्टराई सम्मानित भएका छन् ।
डेनमार्क डबली र फोकस नेपालले संयुक्त रुपमा मिलेर लेखक सुबिनलाई सम्मान गरेको हो । सो सम्मान कार्यक्रम पश्चात् सुबिनले पाठकका सवालहरुको जवाफ दिएका थिए । ‘लेख्नलाई झिना मसिना कुरा नै काफी छन् ।’ कार्यक्रममा बोल्दै सुबिनले भने, ‘कपालको रौं र कार्पेटका कणजत्रा कुरामा पनि लेख्न सकिन्छ ।’
सुबिनले आफ्नो लेखन यात्रा, लेखन अनुभव र नयाँ पुस्ताका युवाहरुलाई लेख्ने टिप्स दिए । कथाकी पात्र, समर लभ र साया प्रकाशन गरिसकेका लेखक सुबिनले गत महिना पोखरामा समर लभको अंग्रेजी संस्करण बिमोचन गरिसकेका छन् । आगामी उपन्यासमनसुन सार्वजनिकको तयारीमा जुटिरहेको उनले बताए ।