साप्ताहिक संवाददाता
भाद्र २५, २०७२
गायिका तथा संचारकर्मी एलिना दुलालको पहिलो तीज गीत ‘म छोरी...’को भीसीडी सार्वजनिक गरेकी छिन् । दुलालको एल्वम एक समारोहका बीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव गणेश रसिकले सार्वजनिक गरेका हुन् ।
दुलालको तीज गीतमाथि टिप्पणी गर्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले तीज गीतको नाममा छाडापन बढिरहेको बेला नारी सशक्तिकरणको सन्देश सहित राम्रो गीत बनेको बताए । हाँस्यकलाकार दीपाश्री निरौलाले पनि फरक स्वाद र सन्देश सहितको तीज गीत बनेको टिप्पणी गरिन् । ‘म छोरी...’ तीज गीतको शब्द संचारकर्मी रमेशचन्द्र अधिकारीले लेखेका हुन् भने संगीत जुगल डंगोलले भरेका हुन् । गीत तथा म्यूजिक भीडीओ कामना डिजीटल प्रालिको ब्यानरमा बनेको हो ।