साप्ताहिक संवाददाता
विमलजी, आफ्नो कमजोरी सुधारेर अघि बढ्नुहोस्– शुभकामना । (विमलमाथि धेरै बोझ) तपाईंबाट हामीले धेरै आशा राखेका छौं । बर्नबाउटको सिकार बन्नबाट बच्ने प्रयास गर्नुहोस् । यो उमेर नै यस्तै हो । समयलाई चिन्न र आफूलाई समाल्न सिक्नु होस् ।
रमाइलो केटो, मगर सोल्टा
नेपाल सरकारले खेलाडीहरूलाई सेवा, सुविधा दिनुपर्छ । (विमलमाथि धेरै बोझ) अनि मात्र खेलाडीहरू अघि बढ्न सक्छन् ।
ज्ञानचुनी मगर
सृष्टिजी, अरूभन्दा फरक बन्नुहोस् । (सृष्टिको हट इन्ट्रि) बलियो पहिचान बनाउनुहोस्– शुभकामना ।टीका थापामगर
कतिपय चेलीको माइती हुँदैन, कतिपय चेलीलाई माइतीले नै बिर्सिसकेका हुन्छन् । (गायत्रीको दुखेसो) यसरी सबैलाई नरुवाउनु होस् न गायत्रीजी ।
रत्न नेपाल
कहाँ मेसी, कहाँ विमल ? (अन्तर्वार्ता : विमल मलाई मेसी जस्तो लाग्छ ।) विमलको उमेरमा त मेसि फुटबल जगतका बादशाह नै भैसकेका थिए । तुलनै गर्न मिल्दैन नि ।
डुम्री मादेन
हिजोआज साप्ताहिकमा प्रचारका सामग्री बढी छापिन थालेका छन् । समाचारभन्दा विज्ञापन बढी भएजस्तो आभास हुन थालेको छ— ध्यान पुर्याउनुपर्यो ।
विनोद खतिवडा, इनरुवा
साप्ताहिकमा गजुरियल विश्लेषण, विज्ञान तथा प्रविधि, मनोविद करुणा कुँवरको स्तम्भ कुनै पनि अंकमा नछुटोस् । साप्ताहिकलाई निरन्तर प्रगतिको कामना छ ।
किशोर बियोगी
साप्ताहिक सर्वोत्कृष्ट पत्रिका हो जसमा सबै खालका समाचार एवं प्रेरणादायी लेखहरू हुन्छन् । यसरी नै पाठकको मन जित्दै जानुहोस्– शुभकामना ।
अभिषेक