साप्ताहिक संवाददाता
भाद्र २९, २०७२
शारीरिक तौल र मोटोपना घटाएर स्वस्थ जीवनको आधार तयार पार्न सहयोगीका रुपमा देखिंदै आएको हेल्दी होम, नेचुरल हेल्थ केयर सेन्टर प्रा.लि.ले आफ्नो सातौं शाखा विस्तार गर्ने क्रममा फेसन शोको आयोजना गरेको छ ।
उक्त फेसन शोमा मिस टिन कलेज, मिस ई कलेज र एसएलसी प्रिन्सेस्का विजेता र उपविजेताहरु गरी ९ जना मोडलहरुका रुपमा प्रस्तुत भएका थिए ।
सहभागि मोडलहरुले फेसन सेन्टर, भाटभटेनी बाट उपलब्ध लेहेंगा र कुर्ता सलवारको डिजाइनहरु प्रस्तुति गरेका थिए । यी पहिरन शैली डिजाइन, आरामदायिकता र स्टाइलका सम्बन्धमा आकर्षक र सुन्दर देखिएका थिए । तीन चरणमा विभाजित फेसन कार्यक्रममा प्रथमत: साडी त्यसपछि कुर्ता सलवार तथा अन्तिम राउन्डमा क्याजुयल मूडको नी लेन्थ वन् पीस प्रयोग गरेका थिए ।