ब्लु रेज प्रोडक्सन एन्ड इभेन्ट म्यानेजमेन्ट तथा आइरिस ब्युटी पार्लर एन्ड एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न मिस डिभा पोखरा –२०१५ को उपाधि बिनिता गुरुङले जितेकी छिन् । पोखरा सभागृहमा शुक्रबार भएको फाइनलमा १४ जना प्रतिस्पर्धीलाई उछिन्दै गुरुङले उपाधि जितेकी हुन् । त्यस्तै प्रतियोगितामा रेजिना गुरुङ फस्ट रनर्सअप, जोशना आचार्य सेकेन्ड रनर्सअप तथा युकी क्षत्री थर्ड रनर्सअप घोषित भए । यो प्रतियोगिताको अन्तिम प्रतिस्पर्धामा जस्मिन क्षत्री, उषा बराल, साल्मा गुरुङ, युकी क्षत्री, रेजिना गुरुङ, सृष्टि आचार्य, सलोनी पुन, बिनिता गुरुङ, सुमना बौदार, जोसना आचार्य, रोशना आचार्य, अमिशा बराल, सुस्मिता पुन, ऐश्वर्या तण्डुकार तथा सुनिता काराखेती प्रतिस्पर्धामा थिए ।
अडिसनमा सहभागी ३२ जनाबाट २४ जनालाई पहिलो चरणमा छनोट गरी अन्तिम प्रतिस्पर्धामा १५ जनालाई उतारिएको थियो । १६ देखि २५ वर्ष उमेर समुहका युवतीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले यो प्रतियोगिता सञ्चालन गरिएको इभेन्ट म्यानेजर सागर आचार्यले जानकारी दिए ।