साप्ताहिक संवाददाता
शहरियाका निम्ति किनमेलको गन्तव्य वन्ने गरेको छ, सपिङ मल । एउटै छानामुनी लत्ताकपडादेखि, गरगहना, ग्याजेट्स उपलव्ध हुने सपिङ मलहरुमा वतानुकुलित वातावरणमा किनमेल गर्न सकिन्छ । त्यसवाहेक शौचालय, पार्किङदेखि फुडकोर्टसम्मको सुविधाले उपभोक्ताहरु सपिङ मलप्रति आकर्षित हुने गरेका छन् ।
यसै सिलसिलामा ललितपुर क्षेत्रका उपभोक्तालाई लक्षित गरेर नयाँ सपिङ मल खुलेको छ । तीजलाई लक्षित गरेर उक्त मलले गत शुक्रवारदेखि ग्रान्ड ओपनिङ गरेको छ । यस अवसरमा त्यहाँ कुनैपनि सामनको खरिदमा तीस प्रतिसतसम्म छुटको व्यवस्था गरेको इभेन्ट नेपालका प्रवन्ध निर्देशक हिरामणी तिमल्सिनाले वताए । मलमा लत्ताकपडा, मोवाइल आदि खरिद गर्न सकिन्छ । मल सुभारम्भको अवसरमा सात दिन सम्म विशेष कार्यक्रमको आयोजना गरिएको छ । यस अवधीमा वि वोइङ, हिपहप डान्स, फेस पेन्टिङ, फेसन शो, लाइभ म्युजिक जस्ता कार्यक्रम पनि राखिएको छ । मलमा मंगलवार र बुधवार तीज विशेष कार्यक्रम सञ्चालन भैरहेको छ ।