भाद्र ३०, २०७२
मिस्टर हङकङ नेपाल बडी बिल्डिङ च्याम्पिएनसिपको १२औं संस्करण आगामी आइतबार सञ्चालन हुने भएको छ । १० जना प्रतिस्पर्धी सहभागी प्रतियोगिता नोभाइस र खुला तौल गरी दुई समूहमा हुनेछ ।
सोही स्टेजमा पहिलोटक हुन लागेको युवतीहरूबीचको प्रतिस्पार्धा मिस फिट्नेससमेत यो प्रतियोगिताको आकर्षण हुनेछ । मिस फिट्नेसतर्फ १० जना प्रतियोगी सहभागी छन् ।
शारीरिक सुगठन खेलप्रति रुचि हुने हङकङेली नेपाली युवालाई प्रोत्साहित गर्ने एवं कुशल खेलाडी उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसम्म पुर्याउने प्रतियोगिताको लक्ष्य रहेको आयोजक हङकङ नेपाल बढी बिल्डिङ एसोसिएसनका अध्यक्ष लोकराज लिम्बूले बताएका छन् । प्रतियोगिता याउ मा तेइस्थित हेनरी जी लियोङ हलमा सञ्चालन हुँदैछ ।