भाद्र ३१, २०७२
लाजिम्पाटको उत्तरढोकास्थित थियटर भिलेजमा गत सातादेखि मञ्चन भैरहेको नाटक ‘सान्दाजुको महाभारत’मा बीपी कोइरालाको जीवनका विभिन्न चरणलाई समेटिएको छ । डा. अभि सुवेदीले लेखेको यो नाटकमा धेरैपछि रंगमञ्च टेकेका डा. सञ्जीव उप्रेती बीपीको चरित्रमा देखा पर्छन् ।
एक महिनासम्म मञ्चन हुने नाटक सान्दाजुको महाभारतमा बीपी पत्नीको भूमिका पनि धेरैपछि रंगमञ्चमा फर्किएकी सूर्यमाला खनालले निर्वाह गरेकी छिन् । नाटकको परिकल्पना एवं निर्देशन विमल सुवेदीले गरेका हुन् । नाटकमा रेनुका कार्की, विनु लामा, मानसराज, दिव्यदेव, सरोज अर्याल, आलोक थामी, प्रदिपकुमार चौधरी आदि कलाकारले अभिनय गरिरहेका छन् ।