साप्ताहिक संवाददाता
बलिउड टेलिभिजन संसारका ख्यातिप्राप्त नायिकाहरूको पारिश्रमिक कति होला ? ठूलो पर्दाका कलाकारको तुलनामा सानो पर्दाका कलाकारहरू कम लोकप्रिय छैनन् ।
एउटा तथ्यांक अनुसार दिया और बाति हमकी नायिका दीपिका सिंह एक एपिसोडका लागि ५० हजार भारतीय रुपैयाँ पारिश्रमिक लिन्छिन् ये रिस्ता क्या कहलता हैकी हिना खान ४५ हजार रुपैयाँ लिन्छिन् । बडे अच्छे लगते है फेम साक्षी तनवरले ८० हजार रुपैयाँ प्रतिएपिसोड लिन्छिन् ।
यस्तै ससुराल सिमरकाकी नायिका अविका गौरले प्रतिएपिसोड २५ हजार रुपैयाँ लिन्छिन् । नच बलिए सातौं संस्करणमा रश्मि देशाईले ५५ हजार प्रतिएपिसोड लिएकी थिइन् । श्वेता तिवारीले कमेडी नाइट्स विद कपिलमा सानो भूमिका निर्वाह गर्ने क्रममा प्रतिभाग ६० हजार रुपैयाँ लिएकी थिइन् । मधुवाला फेम दृष्टि धामी प्रतिएपिसोड ६० देखि ७० हजार रुपैयाँ चार्ज गर्छिन् । यस्तै पवित्र रिश्ताकी नायिका अंकिता लोखन्डेले एक एपिसोडका लागि ९० हजार देखि १ लाख १५ हजार रुपैयाँसम्म लिन्छिन् ।