गायक सञ्जय तुम्रोकद्वारा स्वरवद्ध गीतिसंग्रह ‘सेवारो’ आज विहिवार सार्वजनिक गरिएको छ । गायक राजेशपायल राई, संगीतकार राजु सिंह र साप्ताहिकका प्रधान सम्पादक सुवास ढकालले संयुक्त रुपमा ‘सेवारो’ लोकापर्ण गरेका हुन् । गायक तुम्रोकको यो तेस्रो सोलो एल्वम हो । उनले यसअघि ‘सुर’ र ‘नौलो कथा’ वजारमा ल्याइसकेका छन् ।
गीतिसंग्रहको शीर्षक ‘सेवारो’ लिम्वु भाषावाट राखिएको हो, जसको अर्थ ‘नमस्कार’ भन्ने हुन्छ । सेवारो सेवारो, तिमी विना, मेरो माया, तेल विनाको, सेतो हिमाल जस्ता आधुनिक तथा राष्ट्रिय भावका पाँच वटा गीत यसमा संग्रहित छन् । सवै गीतलाई श्रव्यदृश्यमा पनि उतारिएको छ । यसमध्ये तीन वटा गीतको म्युजिक भिडियो कमल एक्चै मगरले निर्देशन गरेका छन् भने, वाँकी रायन आले र राज केसीको निर्देशनमा तयार भएको छ ।
‘सेवारो’का लागि डिपी खनाल, लोकेन्द्र लेखक, मीनसागर लामा र फणिन्द्र राईले गीत लेखेका छन् भने धनु ज्ञाङ्मी मगर, ओमप्रकास राई र रुपक चौधरीले संगीत दिएका छन् । यस गीति संग्रहलाई पर्फमिङ आर्ट क्रिएसनले वजारमा ल्याएको हो ।
वि.सं. २०३८ साल चैत्र २१ गते जन्मिएका सञ्जय पूर्णकालिन संगीतमा लागेका छन् । उनी महेन्द्र पुलिस क्लव अन्र्तगत संगीत विभागमा कार्यरत छन् ।