हरितालिका तीजको अवसरमा जापानमा आयोजित कार्यक्रममा लोकगायिका चन्दा अर्यालले आफ्नो प्रस्तुती मार्फत उपस्थित दर्शक स्रोताको मन जितेकी छिन् ।
यो वर्ष ‘मेरो रुपैले पोखरामा तहल्का मच्चायो’ तीज गीतलाई चर्चामा ल्याएकी गायिकाले स्टेज चढेर लगातार आफ्ना हिट नम्बर प्रस्तुत गरिन् । टोकियोस्थित नेपाली महिलाहरुको समुह ‘म नेपाली ग्रुप’ र अन्तराष्ट्रिय नेपाली समाज जापानले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा अन्य गायक गायिकाले पनि प्रस्तुती दिएका थिए । चर्चित लोकदोहोरी गायिका लक्ष्मी न्यौपाने, गायिका शोभा त्रिपाठी, गायक शिरिष देवकोटाले उक्त अवसरमा गीत गाएका थिए । फुटेर होइन जुटेर जाउँ, सामाजिक सद्भाव र मेलमिलाप सधैं कायम राखौं भन्ने शिर्षक तय गरेको उक्त कार्यक्रममा जापानमा रहेका नेपालीहरुको उल्लेख्य उपस्थिती थियो । ‘कार्यक्रम भव्य बन्यो, नेपाली दिदी बहिनीहरुलाई झमझमी नचाउन सफल भइयो’ चन्दाले भनिन्–‘विदेशी भुमीमा भएपनि उहाँहरुलाई नेपालमै भएको अनुभुती गराउन सफल भयौं, यसपटकको तीज मैले पनि भव्य रुपमा मनाउन पाए ।’