आश्विन २, २०७२
दुई जापानी आरोहीले ४५ वर्षअघि स्वीट्जरल्यान्डमा हिमाल चढ्न जाँदा हराएको जुत्ता फेला परेको छ । उनीहरूका आफन्तको डिएनए टेस्ट गरेपछि यो कुरा पत्ता लागेको हो । उनीहरूले हिमाल चढ्न जाँदा हराएको जुत्ता प्रहरीले जरम्याट, स्वीजरल्यान्डमा फेला पारेका हुन् । सन् १९७० तिर हिमाल चढ्न जाँदा हिम पहिरो आएपछि उनीहरूको बिचल्ली भएका थियो । त्यसपछि उनीहरू गायब भएपछि रेस्क्यु टिमले पनि पत्ता लगाउन सकेको थिएन । जुत्तासँगै हड्डीहरू पनि भेटिएकाले त्यो उनीहरूकै भएको अनुमान गरिएको छ ।