साप्ताहिक संवाददाता
आश्विन ३, २०७२
८ सय जना राख्न बनाइएको एलसाल्भाडोरको पेनास सिउड्याड ब्यारियर्स जेलमा २ हजार ५ सय जना बन्दी छन् । त्यहाँ सजाय भोगिरहेको मारा साल्भाट्रुचा ग्याङका बन्दीहरूले जेलभित्रै बेकरी, रिह्याबिलिटेसन सेन्टर तथा अस्पतालसमेत सञ्चालन गरेका छन् ।
त्यति मात्र होइन, उनीहरूले शरीरभरि ट्याटु खोप्ने, शरीरमा विभिन्न आकृति बनाउने गरेका छन् । बेलायतका फोटोग्राफर आडम हिन्टनले उक्त जेलभित्र फोटो खिच्न अनुमति पाएका थिए । त्यो ग्याङले सबै २ हजार ५ सय बन्दीलाई नियन्त्रण गरी जेलभित्र सुरक्षा दिने गरेको छ । एलसाल्भाडोर विश्वमा सबैभन्दा धेरै हिंसा हुने देशभित्र पर्छ ।