नेपाली चलचित्रले अब आफ्नो प्रर्दशनको पहुच र विस्तारलाई फराकिलो पार्न थालेको छ । नेपालमा रहेका सिमित हल र नेपालीहरु माझ मात्र खुम्चिरहेको चलचित्रको प्रर्दशनले प्राबिधिक रुपम आफ्नो बिकाश गर्दै प्रर्दशनको क्षेत्रलाई पनि बिस्तार गर्न सक्नु समग्र कलाकार र यो क्षेत्र संग आबद्धता जनाउनेहरुका लागी खुशी र प्रशन्नताको कुरा हो ।
यदि राम्रैसंग ब्यबस्थापन गर्न सकियो भने यो चलचित्रको लगानी बिदेशमा रहेका नेपालीहरुको माझबाटै उठाउन सकिने अवस्थाको सिर्जना भैसकेको छ अहिले तर चलचित्रको कथा र बिषय बस्तु चोटिलो हुनुपर्ने र भद्दा अनि अश्लिल भने हुनु हुदैन । पर्दा भित्र बिदेशमा रहेका नेपालीहरुको कथा र मर्मलाई पनि छुन सकियो भने बिदेशमा रहेका नेपालीहरुका लागी चलचित्रले आफ्नो उपस्थिति झनै बलियो र स्थापित गर्छ भन्न सकिने अवस्था छ ।
खाडी मुलुकलाई छोडेर भन्ने हो भने नेपाली चलचित्र हेर्ने दर्शकहरुको संख्या बढी भएको मुलुकमा पर्दछ अस्ट्रेलिया । अमेरिका, बेलायत र यूरोप भन्दा नेपाली सिनेमाको राम्रो र सुखद बजार भएको मुलुक हो अस्ट्रेलिया । अस्ट्रेलियामा रहेका नेपालीहरुको शान, मान र कमाईले उनीहरुलाई नेपाली चलचित्र प्रति माया र सद्भाब अनि चासो बढाउदै आएको छ । अस्ट्रेलियामा रहेका नेपालीहरुको कमाई राम्रै भएकोले पनि उनीहरु अस्ट्रेलियामा हुने नेपाली चलचित्रको प्रर्दशन र समारोहमा सकभर आफ्नो उपस्थितिलाइ अनिबार्य नै ठान्छन र त्यस्ता कार्यक्रम छुटाउन चाहदैनन । यो उनीहरुले नेपाली चलचित्र र चलचित्रकर्मीहरू प्रति देखाएको माया साथ र सम्मान हो ।
अस्ट्रेलियाको सिड्नीमा नेपालीहरुको संख्या बढी छ यसकारणले पनि चलचित्र प्रर्दशन र सांस्कृतिक कार्यक्रमहरुको आयोजना सिड्नीमा बढी हुने गर्दछ । त्यस बाहेक पनि मेलबर्न र कानभेरा नेपाली दर्शकहरु बढी भएका शहर हुन्। पछिल्लो पटक अस्ट्रेलिया पुगेका चलचित्रहरुमा लुट र छ एकान छ ले अस्ट्रेलियाबासी नेपाली माझ आफ्नो प्रभाब राम्रो पारेपछी त्यसपछिका चलचित्रहरु पनि राम्रो चले । होस्टेल , होस्टेल रिटर्नस , ऋतु , सेफ ल्यान्डिङ, जस्ता चलचित्रहरुले पनि त्यहाँ रहेका दर्शक माझ सकारात्मक प्रभाब छोड्यो । यसैगरि केहि समय अगाडी चलेको बोक्सी र यसै हप्ता चलेको वड़ा नम्बर छ ले पनि वहा वाही पायो त्यहाँ । त्यसो त राम्रा र स्तरिय चलचित्रहरुले आफ्नो उपस्थिति जनाईरहेको समयमा केहि नराम्रा चलचित्रहरु पनि पुग्यो भने त्यहाँ चलचित्रको बजार बिग्रन सक्ने कुरामा चिन्तित पनि छन अस्ट्रेलियाबासी नेपाली । नेपालबाट नेपाली चलचित्र लिएर जाने एक जना सर्जक हुन् राम रुवाली । उनि बिगत १५ बर्ष देखि अस्ट्रेलिया बस्दै आएका छन् । अस्ट्रेलियामा नेपाली चलचित्रको बजार बिस्तर गर्न उनको योगदानलाई उल्लेखनीय मानिन्छ । चलचित्र ठुली, श्री ५ अम्बरे लगायतका थुप्रै चलचित्रहरु अस्ट्रेलिया पुराएका रुवाली आफुहरु नेपालमा चर्चा पाएकै आधारमा चलचित्रहरु अस्ट्रेलिया मगाउने गरेको कुरा बताउछन् । उनका अनुसार राम्रोसंग प्रर्दशन गर्न सकियो र राम्रो फिल्म भयो भने अस्ट्रेलियामा मात्र नेपाली रकम १० देखि ४० लाख सम्मको ब्यापर गर्न सक्छ । गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल अस्ट्रेलियामा विशेष गरेर सामाजिक विषयका चलचित्रहरुले प्रभाब पारिरहेका छन, उनि भन्छन युवा पुस्ताको बिषय पनि यहाँ बिक्न सक्छन ।
यता बिगत १५ बर्ष देखि त्यहाँ बस्दै आएका प्रेम सापकोटाको भनाईमा भने अस्ट्रेलियामा रहेका युवा पुस्तालाई चलचित्रले बाध्न सक्नु पर्छ । उनीहरुलाई आफ्नो कला सांस्कृति र साहित्य तर्फ चासो बढाउने पक्षलाइ पनि चलचित्रले उजागर गर्न सक्यो भने झनै सुनमा सुगन्ध हुन् सक्ने कुरा गैर आवाशीय नेपाली संघ अस्ट्रेलियाका पुर्ब उपाध्यक्ष प्रेम सापकोटा बताउछन ।
नेपाली चलचित्रहरु अस्ट्रेलिया लगेर सिनेमाको बजार बिस्तार गर्नेहरुको योगदानलाई एकातिर भुल्न सकिदैन भने आर्को तर्फ अस्ट्रेलियामा नै बसेर नेपाली चलचित्र बनाउने अनि काम गर्ने सिनेकर्मीहरुको उत्साह, उमंग र उनीहरुको हौसलाको पनि कदर गर्नै पर्छ । अहिले पनि आधा दर्जन भन्दा बढी नेपालीहरु अस्ट्रेलिया बसेर पनि नेपाली चलचित्र निर्माणलाई निरन्तरता दिईरहेका छन । चलचित्र ऋतुका निर्माता अपिल बिष्ट, सेफ ल्यान्डिङका निर्माता बसन्त भण्डारी, नाई नभन्नु ल २ र भुल भुलैयाका निर्माता दिनेश पोख्रेल , भाले फाइटका निर्माता/निर्देशक अशोक राई ‘च्याप’, दोखका निर्माता मनोज अधिकारी र हमजाएगाका निर्माता/निर्देशक सुरेन्द्र पुनले आर्थिक रुपमा जे जस्तो अवस्था रहेपनि अस्ट्रेलिया बाटै चलचित्र निर्माण गरे । यो सब नेपाली चलचित्रलाई माया गर्ने र योगदान दिने उनिहरुको सोख हो । यी निर्माता/निर्देशकहरुले अझै पनि चलचित्र निर्माणलाई अगाडी बढाउने ’’नाफाका लागि हैन कि चलचित्र क्षेत्रमा आफ्नो उपस्थिति र योगदानका लागी लगानी गरिएको हो ।‘’ चलाचित्र सेफ ल्यान्डिङका निर्माता भण्डारी बताउछन ।
अस्ट्रेलिया बसोबास गर्ने केहि साहशी चलचित्रकर्मीहरुको आटले गर्दानै अहिले उतैबाट चलचित्र निर्माण गर्नेहरुको संख्या बढ्दै छ । अस्ट्रेलियाको यो प्रभाब बिस्तारै अन्य मुलुकमा रहेका नेपालीहरुको माझ पनि पुग्न थालेकोले क्रमशः विदेश बाट नेपाली चलचित्रमा लगानी भित्रने क्रमलाई सकारात्मक रुपमा लीन सकिन्छ ।