साप्ताहिक संवाददाता
आश्विन ४, २०७२
पोल्ने घाम र गर्मीले सताएको छ भने अब पीर मान्नु पर्दैन । वैज्ञानिकहरूले एउटा त्यस्तो ऐनाजडित छानाको विकास गरेका छन् जसले सूर्यबाट आएको तातो घामलाई आकाशतिर फर्काउँछ र गर्मी पनि आकाशमै हराउँछ । अमेरिकारको क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले ‘अल्ट्रा रिफ्लेक्टिभ मिरर’को विकास गरेको दाबी गरेका छन् । यो अल्ट्रा रिफ्लेक्टिभ मिररले घरको छानाहरूमा सूर्यको प्रकाशसँगै आउने ‘इन्फ्रारेड लाइट’लाई परार्वतन गर्छ । ‘अल्ट्रा रिफ्लेक्टिभ मिरर’ घरको छानामा राखेपछि ९७ प्रतिशत प्रकाश आकाशतिरै फर्काउन सकिन्छ । अत्यन्तै पातलो सिल्किन अक्साइड र हाफनियम अक्साइडबाट बनेको ‘आलमुनियम फोयल’ भन्दा पनि पातलो ऐनामा आधारित यो प्रविधि सस्तो र दिगो पनि भएको वैज्ञानिकहरूको दावी छ ।