आश्विन ४, २०७२
- चरिअमिलोको रसमा बराबर मात्रामा प्याजको रस मिसाएर निधारमा लेप लगाउँदा टाउको दुखाइ कम हुन्छ ।
- कान दुखाइ वा कानको समस्यामा १/२ थोपा चरिअमिलोको पन्चाङ्गको रस लगाउँदा फाइदा हुन्छ ।
- गिजाबाट रगत बग्ने र मुखमा घाउ हुने समस्यामा चरिअमिलोको पातको रस मनतातो पानीमा राखेर कुल्ला गर्नुपर्छ ।
- चरिअमिलोको २/३ वटा पात चपाएर खानाले मुख गन्हाउने समस्या ठीक हुन्छ ।
- चरिअमिलोको पञ्चाङ्गले अपच तथा अजिर्णमा लाभ हुन्छ । त्यस्तै यो पाइल्समा पनि यो उपयोगी हुन्छ ।
- चरिअमिलोको पातको रसमा सख्खर मिसाएर खाँदा पिसाबसम्बन्धी समस्या कम हुन्छ ।
- चरिअमिलोको पञ्चाङ्गको रसमा मरिचको धुलो र घिउ मिलाएर खानाले पित्तको कारण हुने छालारोग पनि निको हुन्छ ।
- चरिअमिलोको रसमा सख्खर मिसाएर पिउँदा हिस्टेरियाका रोगीलाई लाभ हुन्छ ।