साप्ताहिक संवाददाता
आश्विन ४, २०७२
शेरे एकदिन रत्नपार्कको पब्लिक ट्वाइलेटमा गएछ, अनि भित्र पसेको मात्र के थियो, साथैको ट्वाइलेटबाट आवाज आयो : ओइ के छ यार खबर ? धेरै दिन पो भयो देखभेट नभा’को
शेरे : (तर्सिदै) अँ यार सब ठीक छ, मेरो पनि (मन मनै सोच्दै को रै’छ यो)
फेरि आवाज आयो : अनि के गर्दै हो यार ?
शेरे : त्यही गर्दैछु, जो यहाँ सबैले गर्छन् ।
फेरि आवाज आयो : ल म पनि आउँछु नि त †
शेरे : (परेशान हुँदैं) नाइँ यार म बिजी छु क्या ।
फेरि आवाज आयो : ल ल यार म अहिले राख्छु, पछि फोन गर्छु, अहिले कुनचाहिँ गधाको बच्चाले अर्को ट्वाइलेटबाट मेरो हर कुराको उत्तर दिँदैछ ?