साप्ताहिक संवाददाता
अहिले कतारमा अचाक्ली गर्मी छ, समरको यो सिजनमा त्यहाँ धेरै कार्यक्रमहरु आयोजना भैहेकापनि छन् ।
वाहिरी तापक्रम ५० डिग्री नाध्ने कतारमा मनोरन्जनात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरि छमछमी नाच्नु ट्ेरन्ड नै बनिसकेको छ । यहि क्रममा नेपाली महिला समाज कतारद्धारा दोहाको क्वालिटी हाईपर मार्केटको सभाहलमा आयोजित रमाईलो सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । प्रवासमा रहेका नेपाली महिलाहरु रंगिचंगी पहिरहन र गरगहनाले सजिएर कार्यक्रममा उपस्थित भएका थिए । चर्चित लोकदोहोरी गायिका जानकी तरामी मगरले कार्यक्रममा उपस्थित दिदीबहिनीहरुलाई मज्जाले नचाउन सफल भईन । ‘कतारको गर्मी गर्मी मौसममा मनभित्र भएका कुरा पोखौ पोखौ लाग्यो, तिम्रो माया मेरो माया जोखौ जोखौ लाग्यो, ए हेन्सम सोल्टि हो तिम्रा ति राता गाला टोकौ टोकौ लाग्यो’ भन्दै गजल मार्फत स्टेजमा उक्लिएकी उनले ‘मोटर साईकल झ्याउ भयो माया कार किनेर ल्याऊ’ बोलको गीत गाएर सबैलाई कम्मर मर्काउन बाध्य बनाइन् । कसिलो साडीमा सजिएर प्रस्तुत भएकी गायिका मगरका गीतले सबैलाई नाच्न विवस बनायो । जानकीले ‘किरिङ्ग किरिङ्ग घण्टी बजाउने’, ‘ढाड दुखेर मार्यो’, ‘पानी पुरी चटपटे’, ‘जता हावा उतै चल्छ हुरी’, ‘माया भन्ने के रैछ कुन्नी लाए टेन्सन नलाई नी नहुनी’ जस्ता थुप्रै गीतहरुले दर्शकहरुलाई मनोरन्जन गराईन् । कार्यक्रममा कतारमा रहेका नेपाली कलाकारहरुले पनि आ–आफ्नो प्रस्तुती देखाएका थिए ।