साप्ताहिक संवाददाता
नेपाली बजारमा के कस्ता सवारी साधन भित्रिएका छन्, कुन व्रान्डका गाडी कस्ता छन्, कुन गाडीको मूल्य कति पर्छ ? उपभोक्ताको यावत् जिज्ञासा मेट्दै नाडा अटो शो सोमवार समाप्त भएको छ । ६ दिने मेलामा विभिन्न मोडल एवं व्रान्डका दुईपाङ्ग्रे, चार पाङ्ग्रे र हेभी कमर्शियल भेहिकल प्रदर्शन गरिए । सवारी साधन सम्वन्धी नेपालको सवैभन्दा ठूलो प्रदर्शनी हो यो ।
दशैंको छेकमा घरमा नयाँ सवारी साधन भित्र्याउने योजना वनाइरहेकाहरुको निम्ति उपयुक्त गन्तव्य वन्यो, यो मेला । उनीहरुले एकै थलोमा ६५ वटा कम्पनीका थरीथरीका गाडी अवलोकन गर्ने अवसर पाए । त्यहाँ हुन्डाइ, फियट, फोर्ड, किया, निशान, स्कोडा, सुजुकी, टाटा, टोयोटा, फक्सवागन, अशोक लेल्यान्ड, भारत बेन्ज, स्कोर्टस, वजाज, हिरो, महिन्द्रा, होन्डा वाइक, सुजुकी वाइक टीभिएस वाइक, यामाहा आदि व्रान्ड उपलव्ध थिए । मेलाकै अवसरमा नयाँ मोडलका आधा दर्जन मोटरसाइकल सार्वजनिक गरिए ।
मेलामा गाडी खरिदका लागि वैंक तथा वित्तिय संस्थाले उपलव्ध गराउने लोनका सम्वन्धमा प्रत्यक्ष परामर्श लिन सकिन्थ्यो । यसका साथै, स्पेयर पार्टस्, टुब्रिकेन्टस्, टायर, ग्यारेज उपकरण लगायत अन्य एक्सेसरिज मेलामा उपलव्ध थियो । मेला नेपाल अटोमोवाइल्स डिलर एसोसिएसनले आयोजना गरेको हो ।
तस्विरहरु: महेश प्रधान