एउटा केकको कथा

- संजीवन महर्जन

आश्विन ६, २०७२

एक दिन पिताजीले 

घरमा एउटा केक ल्याउनुभयो 

त्यो केकमा 

चकलेटको एउटा फूल थियो

चीजको पनि एउटा फूल थियो

केही चेरी थिए 

केही स्ट्राबेरी थिए

साँझपख 

पिताजीले केक खान 

छोराछोरीलाई बोलाउनुभयो

त्यसपछि एउटाले भन्यो– 

मलाई चकलेटको फूल चाहिन्छ

अर्कोले चीजको फूलमा दाबी गर्‍यो

चेरीमा पनि दाबी भयो

स्ट्राबेरी छुट्ने कुरै भएन

कसले के लिने ?

कुनै निर्णय हुन सकेन

पिताजीले सबैको सहमति भएपछि मात्रै

केक बाँडफाँड हुने निर्णय सुनाउनुभयो 

त्यसपछि त्यो केक 

भोलिका लागि थन्कियो

भोलिपल्ट पनि सहमति हुन सकेन

घरमा रडाको मच्चियो

पर्सिपल्ट त्यो केक 

खानै नहुने गरी कुहिसकेको थियो ।

 

प्रकाशित :आश्विन ६, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्