आश्विन ७, २०७२
आवारागर्दी गर्दै हिड्ने तीन मित्रको देशप्रेमको कथामा आधारित छ चलचित्र ‘चंखे शंखे पंखे’ । भोली शुक्रबार सार्वजनिक हुने यो चलचित्रमा निर्देशक सुदर्शन थापा आफैं मुख्य भूमिकामा छन् भने उनका साथमा सुवास थापा र प्रेम पुरी छन् । नायिका पूजा शर्मालाई प्रेमजालमा पार्न आपसमा हानाथाप गर्ने क्रममा एउटा घटना घट्छ, अनि ती तीनै जनाको प्रेमको भूत उत्रन्छ र देशप्रेमको भावना जागृत हुन्छ ।
निर्देशक : सुदर्शन थापा
संगीत : ताराप्रकाश लिम्बू
कलाकार : सुदर्शन थापा, सुवास थापा, प्रेम पुरी, पूजा शर्मा