आश्विन १०, २०७२
हलिउड अभिनेत्री सलमा हायकले गत साता आफ्नो ४९ औं जन्मदिन मनाइन् । जन्मदिनको उक्त अवसरमा आफूले अनौठा–अनौठा गिफ्ट हासिल गरेको सलमा बताउँछिन् ।
‘जन्मदिनमा प्राप्त हुने गिफ्ट देखेर म आफैं छक्क पर्छु,’ सलमाले भनेकी छिन्– ‘एकपटक मलाई चलचित्र डेस्परेडोका को–स्टार एन्टोनियो ब्यान्डरासले गिफ्टका क्रममा दुईवटा बाँदर प्रदान गरेका थिए ।’ सलमाका अनुसार उनलाई एउटा बाकस दिइएको थियो । उक्त बाकस खोलेर हेर्दा बाँदर देखेर हायक आश्चर्यचकित भएकी थिइन् ।
सलमाले पपुलर च्याट सो जिमि किमेल लाइभमा आफ्नो यो अनुभव सेयर गरेकी हुन् । प्रारम्भिक दिनमा बाँदरका साथमा उनले धेरै समय बिताएको तर पछि ती बाँदरले आफूलाई दिक्क बनाएको सलमा बताउँछिन् ।