साप्ताहिक संवाददाता
आश्विन ११, २०७२
- डेटिङ जानुअघि डेटिङ स्पटको टुंगो गर्नुपर्छ । धेरै टाढा, एकान्त वा नचिनेको ठाउँमा डेटिङ जानु उपयुक्त हुँदैन ।
- डेटिङका निम्ति कुनै रमाइलो पार्क बाहेक सपिङ सेन्टर, चलचित्र हल उपयुक्त विकल्प हुन सक्छन् ।
- डेटिङ जानुअघि आफ्नो पहिरनको पनि ख्याल गर्नुपर्छ । फेसनेवल एवं स्टाइलिस पहिरन लगाउनुपर्छ ।
- यतिबेला मौसम अनुकूल पहिरन र सोहीअनुरूपको रंग छनौट गर्नुपर्छ ।
- भड्किलो होइन कलात्मक पहिरनले व्यक्तित्वमा निखार ल्याउँछ ।
- युवतीहरूले डार्क लिपिस्टिक लगाउनु उपयुक्त हुन्छ ।