साप्ताहिक संवाददाता
देखाउने रहर कसलाई पो हुन्न र ? अझ केही कुरा यति प्रिय हुन्छन् कि मानिसहरू त्यसलाई देखाउन आतुर रहन्छन् । यो मानविय स्वभाव पनि हो । नायिका मोडल शशी खड्कालाई ट्याटु खोप्ने सार्है रहर थियो, त्यसैले उनले आफ्नो छातीको उपल्लो भागमा ‘बटरफ्लाई’ कुदिन् । ट्याटु कुद्ने रहर पूरा गरे पनि त्यसलाई सार्वजनिक रूपमा देखाउन उत्तिकै आवश्यक थियो ।
क्लिभेज आसपास कुदिएकाले जीउ ढाक्ने पहिरन लगाउँदा त्यसले सितिमिति देखिने मौका पाएन । त्यसैले पनि शशीले सर्ट ड्रेस लगाएर भए पनि आफ्नो ट्याटु प्रदर्शन गरिरहेकी छिन् । उनको फेसबुक एकाउन्ट हेर्नेहरूले यो कुरा मज्जाले बुझ्न सक्छन् । स्वीमिङ कस्ट्युममै उत्रिएपछि त शशिको ट्याटु अझ मज्जाले देखिन्छ । त्यसो त यसअघि पनि विभिन्न समारोहमा उनको ट्याटुले हल्का चियाउने मौका पाएको थियो । हल्टर ड्ेरसमा सेल्फी लिएपछि शशिको ट्याटु अझ राम्रोसँग एक्सपोज भएको छ । जे होस्, शशीले देखाउन खोजेको कुरा देखिएको छ । अब ढुक्क भए हुन्छ, शशिको बटरफ्लाई ट्याटुलाई कसैले बिर्सन सक्नेछैनन् ।