आश्विन १२, २०७२
सोमबार सम्पन्न ‘मिस टिन कलेज २०१५’ नामक सौन्दर्य प्रतियोगितामा लिटिल एन्जल्स कलेजमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत १८ वर्षिया कुसुम थापा मगरले विजेताको ताज पहिरिन सफल भएकी छिन् ।
जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न प्रतियोगितामा १७ जना किशोरीहरु उपाधि दौडमा सहभागि थिए । फेसबुक च्वाइस अवार्ड पनि आफ्नो नाममा सुरक्षित राख्न सफल कुसुमले विजेताको रुपमा अन्य विभिन्न उपहार सहित महेन्द्रा स्कुटर मुख्य उपहार स्वरुप प्राप्त गरेकी छिन् । सिजन मिडियाको आयोजनामा सम्पन्न उक्त प्रतियोगितामा १८ वर्षिया आसियाना अधिकारी फस्ट रनर अप तथा १७ वर्षिया रिजा महर्जन सेकेन्ड रनर अप विजेता चयन भएका थिए । आशियानाले भियोर च्वाइस तथा रिजाले क्याटवाक विधाको अवार्ड पनि हात पार्न सफल भएका थिए ।