सबैलाई समेटेर गएको भए राम्रो हुने थियो ।
योको खड्का
यो संविधान जनताको पक्षमा छैन । यो तीन दलको भागबन्डाको दस्तावेज मात्र हो ।
विष्णुप्रसाद दुवाल
कागलाई बेल पाक्यो हर्ष न बिस्मात । सर्वसाधारणलाई केही असर पर्दैन ।
अमिस ढुंगाना
काउसोको झाङमा ऐंसेलु पाकेजस्तो लाग्यो ।
प्रेम रायमाझी
जनताको मतको अवहेलना र नेताको पेलाइजस्तो लाग्यो । यो संविधानले नेपाल र नेपालीको भविष्य राम्रो बनाउँदैन ।
विश्व क्षेत्री
देश अब आर्थिक विकासमा लाग्छ भनेर खुसी लागेको छ । दु:ख यो कुरामा छ कि तराईमा बस्नेहरूलाई पनि मिलाएर उनीहरूले पनि दिपावली गर्ने वातावरण बनाइएको भए हुने थियो ।
राजकुमार न्यौपाने
नहुनु मामाभन्दा कानो मामा बेस भनेझैं भैरहेको छ ।
शेर्पा नुरु पिनासा
एकदम खुसी लागेको छ । अब पाउँछ देशले निकास र विकास ।
राजभाइ
अचम्म लागिरहेको छ । कति वर्ष टिक्ने हो, सोचिरहेको छु ।
मंगोलियन सम्राट
नेताहरूले आफूअनुकूल बनाएका छन् । उनीहरूका लागि त स्वर्ण पुस्तिका नै हो । नेपालमा रजाइँ गर्ने अघोषित दस्तावेज हो यो । यो संविधान सम्पूर्ण नेपालीका लागि होइन । त्यसैले दु:खका साथ भन्नुपर्छ, नेपाल बर्बाद हुने भयो ।
सुनिल गुप्ता
अब देशमा शान्ति र विकास हुनुपर्छ । म खुसी छु ।
रत्न नेपाल
खुसी लागिरहेको छ । नयाँ नेपाल बन्ने भयो । यो ठूलो कुरा हो ।
चूडामणि धामी
चित्त नबुझ्नेले चुनावमा दुईतिहाइ ल्याएर आफूले भनेजस्तै संशोधन गरे भयो । संविधानलाई स्वागत गरौं । कालो दिन होइन, उज्यालो दिन मनाऔं । सबैको जय होस् ।
बलराम धमला
संविधान जादुको छडी होइन, काम गर्नेहरूलाई यसले खासै फरक पार्दैन । सबैले आ–आफ्नो गुजारा चलाउनैपर्यो । संविधान आएर मात्र मानिसको जीवनस्तरमा खासै फरक पर्दैन ।
समुन्द्र रेग्मी
बन्दुकको बलमा घोषणा गरिएको लोकतान्त्रिक संविधान कागलाई बेल पाक्यो हर्ष न बिस्मातजस्तै लाग्यो ।
सुरेन चाम्लिङ
एउटा ऐतिहासिक कुराको साक्षी हुन पाउँदा खुसी लागिरहेको छ । जय नेपाल, जय संविधान ।
जितेन कटुवाल
६ दशकमा ३० वटा प्रधानमन्त्री र ६ वटा संविधान बनिसकेको छ । अबको संविधान एक दशक पनि टिक्ला कि नटिक्ला ? खुसियाली मनाउने बेला भयो र ?
नवीन
उत्साहजनक छैन । न जनभावना समेटियो न बन्द–हड्ताल गरेर जनतालाई सास्ती दिने, आतंक मच्चाउनेहरूलाई सजाय दिने कानुन नै बन्यो ।
अशोक
नयाँ संविधानले मेरो त मनै परिवर्तन भयो, धेरै खुसी लागेको छ ।
नेपाली छोरो
हामीलाई नयाँ संविधान स्वीकार्य छ । असहमत पक्षको माग सुनुवाइ भए अझ उत्तम हुन्छ ।
शारदा खतिवडा
हामीलाई चाहिएको छ रोजगारी, निस्शुल्क स्वास्थ्य र शिक्षा, सुविधा सम्पन्न सहर, त्यसैले संविधानरूपी कागजले मात्र के गर्ने ?
रविन
संविधानले हाम्रो जीवनमा केही परिवर्तन ल्याउनुपर्यो । त्यति बेला मात्र यो राम्रो सावित हुनेछ ।
श्रद्धा खतिवडा
नयाँ संविधानले अथाह खुसी त दिएकै छ । त्योभन्दा बढी छिमेकीका अघि देखाएको स्वाभिमानले खुसी दिएको छ मलाई ।
दिल कमल
लामो समयदेखि दुस्ख दिइरहेको पिलो फुटेजस्तो भएको छ ।
ग्वाँजे
जो सच्चा नेपाली छ उसलाई यो संविधान मन परेको छ । जो देश राम्रो भएको हेर्न चाहँदैन उसलाई नराम्रो लागेको छ । केही नेता तथा दलहरू सधैं विद्रोहमा मात्र विश्वास गर्छन् । हामी त संविधान आओस्, देश विकास होस् भन्ने मानिस हौं ।
विनोद खड्का
संविधानलाई कहिले नफल्ने धान भनिन्थ्यो अहिले फल्यो खुसी लागेको छ ।
विनोद