आश्विन १९, २०७२
काठमाडौ
नेपालीहरुको महान् चाड विजयादशमी नजिकिदै गर्दा दसैं सम्बन्धी गीत–संगीत सार्वजनिक हुने क्रम प्रारम्भ भएको । यही सेरोफेरोमा गायक महेश क्षेत्रीको स्वरमा ‘रमाइलो चाड’ गीतको म्युजिक भिडियो सार्बजनीक भएको छ । गीतमा दीपक थापाको शब्द र शंकर थापाको संगीत सुन्न सकिन्छ । दसैंमा रमाइलो गर्दै खुशी बाढ्न आग्रह गरेको यो गीतलाई दर्शक स्रोताले मनपराउने गायक महेसको अनुमान छ । भक्तपुर, कटुन्जेको महादेव स्थानमा छायांकन गरिएको भिडियोमा सन्दीपको नृत्य निर्देशन छ । शंकर अधिकारीको निर्देशन रहेको भिडियोमा रिस्ता बस्नेत र विकास लामिछानेले अभिनय गरिउका छन् सन्दीप भुजेलको नृत्य निर्देशन गरेको यो भिडियोमा रामेश्वर हुमागाईको छायांकन, नविन पन्तको सह–निर्देशन र नविन निरौलाको सम्पादन रहेको छ ।