काठमाडौं जेसिजले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘मिस टिन नेपाल’को २०१५ को संस्करणमा पहिलो चरणबाट कल्चरल ट्यालेन्ट शोमा २७ प्रतियोगी छनौट भएका छन् ।
प्रतिष्पर्धीहरु ट्यालेन्ट शोमा नृत्य, अभिनय, गायन, बत्तृत्वकलालागतयका प्रस्तुति दिएका थिए । ट्यालेन्ट सोमा सहभागी प्रतियोगीको मूल्यांकन पत्रकार लीलानाथ घिमिरे, काठमाडौ जेसिजका पूर्वअध्यक्ष रत्नकाजी श्रेष्ठ, कोरियोग्राफर रेनिशा राई, गायीका प्राश्ना शाक्य र मिस टीन नेपाल (२०१४) बिजेता रितीका खरेलले गरेका थिए ।
यसअघि छानिएका सबै प्रतिस्पर्धि विभिन्न प्रकारका तालिममा सहभागी भएको काठमाडौं जेसिजका अध्यक्ष गणेश पौडेलले जानकारी दिए । उनका अनुसार प्रतिष्पर्धीलाई व्यक्तित्व विकास, नेतृत्व विकास, प्रभावकारी वत्तृत्वकला, मानवधिकार सम्बन्धि विभिन्न शिषर्कमा पूर्व मिस नेपाललगायतक विज्ञहरुले प्रशिक्षण दिएका थिए ।
प्रतियोगिताको कोरियोग्राफी २००७ का मिस टुरिज्म नेपाल तथा मिस नेपाल २००९ की सेकेन्ड रनर अप कुन्चाग मोक्तान तामाङ (श्रेष्ठ) ले गरेकी छन् । प्रतियोगितामा असोज २३ गते प्रिजजिङ र असोज २४ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा फाइनल प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक निश्चल श्रेष्ठले बताए । काठमाडौं जेसिजले १८ देखि ४० वर्षसम्मका युवाहरुमा सकारात्मक परिवर्तनका लागि मैत्री भाव, सामाजिक दायित्व र नेतृत्व क्षमताको विकासको अवसर प्रदान गर्दै आएको जेसिजका मेघा इभेन्ट संयोजक सुरेन्द्र शाही ठकुरीले बताए ।