साप्ताहिक संवाददाता
घरको सबै दायित्व महिलाहरूले हेर्नुपर्छ । आफ्नो घर कसरी र कतिले चलाउनुपर्छ भन्ने कुरा पनि महिलालाई मात्र थाहा हुन्छ, अनि किनमेलमा अग्रसर हुनु परेन त ?
अरुणा कार्की, रंगकर्मी
पुरुषलाई किनमेल गर्न पठायो भने त्यही बहानामा साथीभाइहरूसँग चियापान गर्दै अल्मलिन्छन् । पुरुषले आफ्नो अहम्का कारण मोलतोल गर्दैनन् र सस्तोमा पाइने सामान पनि महँगोमा ल्याउँछन्, रोज्न जान्दैनन् । त्यस्तै पर्यो भने कान्छी पनि ल्याउन पछि पर्दैनन् भन्ने डरले महिलाहरू नै किनमेलमा अग्रसर भएका हुन् भन्ने मेरो ठम्याइ छ ।
सन्तोष खनाल, हास्यकलाकार
पुरुषको तुलनामा महिलालाई आफ्नो सुन्दरता मेन्टन गर्न बढी सौन्दर्य सामग्रीको आवश्यकता पर्छ । बजारमा उनीहरूको सौन्दर्य वृद्धि गर्ने पहिरनदेखि श्रृंगार प्रसाधनसम्मका अनेकौं विकल्प उपलब्ध छन्, त्यसैले पनि महिलाहरू पुरुषको तुलनामा किनमेलमा बढी अग्रसर हुन्छन् ।
विशाल भण्डारी, भिडियो निर्देशक
प्राकृतिक रूपमा पनि महिला पुरुषभन्दा फरक हुन्छन् । स्वभावले पनि उनीहरू काममा बढी अग्रसर हुन्छन् । किनमेल गर्नु पनि काम नै हो, त्यसैले महिलाहरू पुरुषको तुलनामा बढी किनमेल गर्छन् । किनमेल गर्दा उनीहरू आफ्ना लागि मात्र होइन्, परिवारका सबै सदस्यको आवश्यकतामा ध्यान पुर्याउँछन् ।
निशा देशार, गायिका
महिलाहरूलाई घर तथा पारिवारको आवश्यकताका बारेमा जति जानकारी हुन्छ, त्यति पुरुषलाई हुँदैन । पुरुषहरू किनमेलमा त्यति ध्यान दिँदैनन् ।
लक्ष्मी बस्नेत, कोरियोग्राफर
महिलाहरूलाई मोलतोल गर्न आउँछ र सपिङको आइडिया पनि पुरुषहरूलाईभन्दा बढी नै हुन्छ । अनि अग्रसर हुनु परेन त ?
एलिजा बस्नेत, मोडल
खै कुन्नी ?
निश्चल बस्नेत, निर्देशक
नारी आफैंमा श्रृंगार र सौन्दर्यकी खानी हुन् । नारीले सजावटमा पनि बढी नै ध्यान पुर्याउँछन् । उनीहरू घरेलु आवश्यकताका सम्बन्धमा पनि पुरुषभन्दा बढी जानकार हुन्छन् त्यसैले पनि किनमेलमा अग्रसर हुन्छन् ।
नम्रता योगी, मोडल
पुरुषहरूको दाँजोमा महिलाहरूले प्रयोग गर्ने सामग्री बजारमा धेरै पाइन्छन् । त्यसैले उनीहरू आफूले कमाएको मात्र नभै विवाहअघि बाबु र विवाहपश्चात् श्रीमान्ले कमाएको पैसा उडाउन अग्रसर हुन्छन् ।
डिजे गणेश
आफैं कमाइ गर्ने महिलाहरू किनमेललाई सोख बनाउँदैनन् । अरुको कमाई उडाउने मौका त पुरुषले पनि छाड्दैनन् । हामी पुरुषले यति बुझ्नु पर्छ कि हामीले आफ्नी प्रेमिका वा श्रीमतीलाई जति धेरै किनमेल गराए पनि अन्तत: धन्यबाद पसलेलाई नै भन्छिन् ।
शिशिर भण्डारी, कलाकार
महिलाहरूको स्वभाव नै चुजी हुन्छ । उनीहरू हरेक प्रकारका सामान छान्न माहिर हुन्छन् र बार्गेनिङ गर्न पनि सक्षम पनि ।
रामबाबु गुरुङ, निर्देशक
महिलाहरू सामानको पारखी हुन्छन् । विशेषगरी विवाहित महिलाहरूमा श्रीमान्ले किनमेल गर्दा नराम्रो र महँगो सामान किन्छन् भन्ने डर हुन्छ, त्यसैले सामान किन्न उनीहरू आपैंm अग्रसर हुन्छन् ।
सुशील पोखरेल, निर्माता
सामानको गुणस्तरदेखि पैसाको मोलतोलमा महिला जत्तिको माहिर पुरुष हुँदैनन् । पुरुषलाई किनमेलको त्यति आइडिया पनि हुँदैन जति महिलालाई हुन्छ ।
नेमिष गौतम, रंग पत्रकार
मेरो विचारमा महिलाहरू पुरुषको तुलनामा किनमेलमा बढी संवेदनशील हुन्छन् । पुरुषलाई कामको तनाव पनि भैरहेको हुन्छ, जसले गर्दा कुन सामान कहाँ किन्ने भन्ने ध्यान दिन सक्दैनन् ।
गौरव पहारी, नायक