संगीत व्यवसायीको रुपमा स्थापित भैसकेका गायक पर्शुराम रिजाल गायनमा समेत अब्बल सावित भएका छन् । लामो समयदेखि संगीतको प्रशिक्षण लिइरहेका गायक रिजालको केही दिनअघि विमोचन भएको डेब्यू गीति एल्बम ‘काब्य’ का गीतले दर्शक तथा स्रोताको मन जितिरहेका छन् । संगीतको बजार व्यवस्थापन गर्ने कम्पनि भाइब्स क्रिएसनका प्रवन्ध निर्देशक रिजाल सुगम संगीतमार्फत स्रोतामाझ आएका हुन् । एल्बम सार्वजनिक हुनुअघि नै दर्शकमाझ आएको ‘आगो सल्काई...’ गीतबाटै स्रोताको मन जितेका गायक रिजाल यतिबेला अर्को एउटा गीतका कारण चर्चामा छन् । ‘काब्य’ एल्बमको पहिलो गीत ‘बरु मैँ मरौँला प्रिय...’ को म्युजिक भिडियो यूट्युबमा सार्वजनिक भएको एक साता नबित्दै करिव २५ हजार पटक हेरिएको छ । अर्जुन अधिकारीद्वारा निर्देशित यो गीतको भिडियोमा जीवन भट्टराई र शिल्पा पोखरेलले अभिनय गरेका छन् । राजुबाबु श्रेष्ठको शब्द तथा हरि लम्सालको संगीत निर्देशनको यो गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका हुन् भने निशान घिमिरे यसका सम्पादक हुन् ।
यस्तो छ भिडियो :