चंखे शंखे पंखे अब विदेशमा

- साप्ताहिक संवाददाता

आश्विन २८, २०७२

सुदर्शन थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘चंखे शंखे पंखे’ अब विदेशमा प्रदर्शन हुने भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक समारोहमा चलचित्रको निर्माण संस्था आसुसेन फिल्म्स प्रोडक्सन तथा यूथ फर यूथ मिडियाबीच विदेशमा चलचित्र प्रदर्शन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चलचित्रका निर्माता सन्तोष सेन तथा मिडियाका अध्यक्ष बिजु बज्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा असोज ८ गते नै प्रदर्शन भएको यो चलचित्रलाई यूथ फर यूथ मिडियाले अष्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया तथा कतारमा प्रदर्शन गर्ने अधिकार पाएको हो । मिडियाले एक वर्षसम्म यी चार देशमा चलचित्र प्रदर्शन गर्नेछ । समारोहमा चलचित्रका निर्देशक तथा मुख्य अभिनेता सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा पनि उपस्थित थिए । सम्झौता अनुसार यूथ फर यूथ मिडिया हाउसले यो चलचित्रले विदेशका विभिन्न शहरहरुमा प्रदर्शन गर्नेछ । सम्झौता अनुसार अष्ट्रेलियामा यो चलचित्रको पहिलो प्रदर्शन हुनेछ । दसैं तथा तिहारको बीचमा अष्ट्रेलियामा प्रदर्शन प्रारम्भ गरिनेछ । अष्ट्रेलियापछि दक्षिण कोरिया, अमेरिका तथा कतारमा पालैपालो यो चलचित्र प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

सुदर्शन थापाको निर्देशनमा सन्तोष सेनद्वारा निर्मित यो चलचित्रमा भ्रष्टाचार विरुद्ध शसक्त आवाज उठाइएको यो चलचित्रमा युवा पुस्ताको देशप्रेमको भावनालाई चित्रण गरिएको छ । चलचित्र सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी, रविन्द्र खड्का, ध्रुव कोइराला, राजाराम पौडेल, श्याम राई, रबिन्द्र झा आदि कलाकारले अभिनय गरेका छन् । रामशरण पाठकको पटकथा–संवादको यो चलचत्रिमा ताराप्रकाश लिम्बुको संगीत, अष्ट महर्जनको द्वन्द्व तथा गोविन्द राईको नृत्य निर्देशन छ । 

प्रकाशित :आश्विन २८, २०७२

तपाईको प्रतिक्रिया

कमेन्टको लागि यहाँ click गर्नुहोस्

फेसबूक कमेन्ट गर्नुहोस्

फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्